जनकपुर । कामचलाउ सरकारका शहरी विकास मन्त्री प्रभु साहले संसद विघटन गरेर कोही खुशी नभएको बताएका छन् । मङ्गलबार जनकपुरमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री साहले संसद विघटन आफैमा आत्मघाती रहेको बताए ।उनले भने– ‘केही नेता संसद विघटनलाई असंवैधानिक र प्रतिगमन भन्छन्, हामी आफै पनि संसद विघटनबाट खुशी छैनौँ । प्रधानमन्त्री केपी शर्मा ओलीजी समेत खुशी छैनन्’ साहले अघि थप्दै भने, ‘हामीले पाँच वर्षका लागि जितेका हौ भने तीनै वर्षमा छा