रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफुले चाहेका उम्मेदवारलाई मतदान गर्न पाएकोमा खुशी लागेको प्रतिक्रिया दिएका छन् । शुक्रबार स्थानीय तह निर्वाचन सदस्यमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिदै नेता पौडेलले ‘निर्वाचन लोकतन्त्रको सुन्दरतम अभ्यास’, भएको बताए । उनले निर्वाचनबाट शक्तिशाली स्थानीय सरकार निर्माण गर्न चाहेको भन्दै जनता र जनप्रतिनिधिवीचको सम्बन्धलाई जीवन्त बनाएर देशलाई संविधानले परिकल्पना गरेबमोजिम विकास, सम्मृद्धि, न्याय र समाजवादतर्फ अघि बढाउन चाहेको ब