मल अभाव नहट्ने संकेत

काठमाडौं । विगतदेखि नै खेतीपातीको मुख्य समयबाटै शुरू हुने गरेको रासायनिक मलको अभाव कायमै रहने भएको छ । विगतका वर्षको तुलनामा यस वर्ष रासायनिक मल आपूर्ति र वितरणका लागि आवश्यक पर्ने बजेटमा पनि व्यापक वृद्धि गरिएको थियो । तर, रासायनिक मल पर्याप्त आउन नसकेको छैन । जसकारण मलको अभाव कायमै रहने देखिएको हो । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार सरकारी कम्पनीबाट ग्लोबल टेन्डर र खरीद सम्झौतामार्फत मलखाद आपूर्तिका लागि प्रक्रिया पूरा गरिसके पनि अन्तरराष्ट्रिय बजारमा सहज नभएका कारण आयात हुन सक्ने अवस्था छैन । चालू आव २०७८/७९ मा २७ अर्बभन्दा बढी मूल्य रासायनिक मल खरीदका लागि छुट्ट्याइएको छ । आर्थिक वर्ष २०७७/७८ मा १२ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । मन्त्रालयका अनुसार उक्त बजेटबाट ४ लाख २ हजार मेट्रिक टन मल खरीद गरी विक्रीवितरण भएको थियो । मन्त्रालयले नियमित बजेटमा विनियोजित १५ अर्ब रुपैयाँका अतिरिक्त १२ अर्ब ७१ करोड रुपैयाँ बजेट थप गरिएको भए पनि मल खरीद गरी आयात गर्न सहज छैन । मन्त्रालयका अनुसार सरकारबाट बेहोरिने अनुदान रकममा पनि गतवर्षको तुलनामा यस वर्ष निकै वृद्धि भएको छ । गतवर्ष युरिया मलमा प्रतिकेजी २९ रुपैयाँ ५५ पैसा अनुदान रहेकोमा यस वर्ष १०० रुपैयाँ १३ पैसा दिइएको छ । यस्तै, डीएपी मलमा गत वर्ष प्रतिकेजी ११ रुपैयाँ ९० पैसा सरकारी अनुदान रहेकोमा यस वर्ष ६७ रुपैयाँ ७१ पैसा पुगेको छ । पोटासमा गतवर्ष प्रतिकेजी ६ रुपैयाँ ८३ पैसा अनुदान रहेकोमा यस वर्ष ७० रुपैयाँ ४१ पैसा रहने मन्त्रालयले जानकारी दिएको छ । चालू वर्षमा अनुदानको रासायनिक मल आयात र वितरण कार्यमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड संलग्न रहेका छन् । ती दुवै कम्पनीको गोदाममा गरी हाल १० हजार ५०० मेट्रिकटन युरिया, १ हजार २०० मेट्रिकटन डीएपी र करीब ५०० मेट्रिकटन पोटास मल स्टक रहेको छ । उक्त परिमाणको मलले आगामी दिनमा मागको चाप धान्न सक्ने अवस्था छैन । मन्त्रालयले आगामी ३ महीनामा कम्तीमा ७५ हजार मेट्रिकटन मल आवश्यक पर्छ । दुवै कम्पनीले ग्लोबल टेन्डर र खरीद सम्झौतामार्फत १ लाख ५० हजार मेट्रिकटन मलखाद आपूर्तिका लागि प्रक्रिया पूरा गरिसके पनि अन्तरराष्ट्रिय बजारमा देखिएको विषम परिस्थितिका कारण आयात हुन नसकेको कृषि मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् । मल अभावका बारेमा कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले आगामी चैत्र÷वैशाखभित्र किसानका लागि आवश्यक मलको व्यवस्था मिलाउने बताएका छन् । आइतवार प्रेस बिफ्रिङ गर्दै उनले अन्तरराष्ट्रिय बजारमै अभाव भएकाले नेपालमा पनि हाललाई मलको आवश्यक व्यवस्था मिलाउन नसकिएको दाबी गरे । कृषि मन्त्रालयका अनुसार वर्षमा २/३ बाली लगाउँदा वार्षिक करीब १२ लाख टन रासायनिक मल आवश्यक पर्छ । धानबालीका लागि मात्रै ४ लाख ४८ हजार ६७ टन चाहिन्छ । मकैका लागि ३ लाख ११ हजार ६ सय ८६ टन र गहुँका लागि १ लाख ५५ हजार ७ सय ३६ टन चाहिन्छ । करीब साढे ५ लाखदेखि ६ लाख टनसम्म उपलब्ध हुँदा बजारमा हाहाकार हुँदैन ।

सम्बन्धित सामग्री

कञ्चनपुरमा अझैसम्म युरिया मल अभाव

धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ ।    युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ । कृष्णपुर नगरपालिका–५ का किसान जग्गु चौधरीले युरिया मल नपाइँदा रु एक हजार ६०० बढी तिरेर भारतबाट अवैध रुपले ल्याइएको मल खेतबारीमा हाल्नुपरेको बताए । “अनुदानको मल पाइएन”, उनले भने, “मल राख्नुपर्ने बेला भइसकेपछि बाध्य भएर जस्तो भएपनि चर्को मूल्य तिरेर अवैध रुपले ल्याइएको

अझैसम्म युरिया मल अभाव

युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ।...

कञ्चनपुरका किसानलाई मल अभाव

कञ्चनपुर– धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ । युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ । कृष्णपुर नगरपालिका–५ का किसान जग्गु चौधरीले युरिया मल नपाइदा एक हजार ६०० बढी तिरेर भारतबाट अवैधरूपले ल्याइएको मल खेतबारीमा हाल्नुपरेको बताए । ‘अनुदानको मल पाइएन’, उनले […]

तनहुँमा मल अभाव कायमै, २० प्रतिशत रोपाइँ

मल अभावकाबीच तनहुँका किसानले रोपाइँ सुरु गरेका छन् । जिल्लामा युरिया, डिएपी, पोटास मल अभाव कायमै रहे पनि किसानले रोपाइँ सुरु गरेका हुन् ।

धान खेतिको समयमा पनि मल अभाव, ठूलो मर्कामा परेको सिराहाका किसानको गुनासो

धानखेतीको समयमा रासायनिक मल नपाउँदा सिराहाका किसानहरु मर्कामा परेका छन्। नेपालमा मल अभाव  छ भने छिमेकी मुलुक भारतबाट ल्याउन त्यहाँका सुरक्षाकर्मीले अवरोध गर्ने गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि...

कर्णालीमा रासायनिक मल अभाव

सुर्खेत – कर्णालीमा रासायनिक मलको अभाव भएको छ । खेतीपातीको सिजनका बेला मल अभाव भएको हो । वर्षायाम सुरु  हुनै लाग्दा किसान खेतबारीतिर लागेका छन् । कर्णाली प्रदेशलाई अर्ग्यानिक प्रदेश भनिए पनि यहाँ दिनानुदिन रासायनिक मलको प्रयोग बढ्दो छ । खेतीपातीको सिजन सुरु भएसँगै वर्षेनी कर्णालीमा मल अभावको समस्या हुँदै आएको छ । विगतका वर्षझैँ […]

मल अभाव हुन नदिने सरकारको तयारी

विगतका वर्षहरूजस्तो यो वर्ष मल अभाव हुन नदिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयारी थालेको छ । युरिया, डिएपी र पोटास मल अभाव हुन नदिन सरकारले तयारी थालेको हो । चैते धान,...

धान रोप्ने बेलामा मल अभाव नहुने दाबी

सरकारले यो वर्ष धान रोप्ने बेलामा बजारमा रासायनिक मल अभाव नहुने दाबी गरेको छ ।समयमै मलको आयात भई पर्याप्त मात्रामा मौज्दात गरेकाले पनि बजारमा मल अभाव नहुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । अघिल्लो वर्ष धान रोप्ने बेला मलको चरम अभाव भएको थियो । यो वर्ष बंगलादेशबाट र टेन्डर आह्वान गरेको मल समयमा […]

प्रदेश १ मा मल अभाव

काठमाडौं। प्रदेश १ मा मल अभाव भएको छ। रोपाइको समय आउन जम्मा एक महिना बाँकी रहँदा प्रदेशमा रसायनिक मलको अभाव देखिएको हो। कृषिमन्त्री पद्य्मा अर्यालले महामारीको समयमा मलको अभाव हुन नदिने बताएपनि प्रदेशभरी मल अभाव देखिएको आज आयोजित भर्चुअल कार्यक्रममा बोल्दै प्रदेश १ का किसानले बताए। यसैगरी, बजारीकरणको समेत समस्या भएको उनीहरुको भनाइ छ।

आगामी सिजनमा मल अभाव हुँदैनः मन्त्रालय

बर्सेनि मल अभाव भएर चर्को आलोचना खेपिरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी सिजनमा भने अभाव नहुने बताएको छ।