शकिब बने बंगलादेशका लागि ओडीआईमा सर्वाधिक विकेट लिने खेलाडी

१ साउन, काठमाडौं । अलराउण्डर शकिब अल हसन बंगलादेशका लागि ओडीआईमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । शकिब यसअघि नै टेष्ट र टी–२० आईमा सर्वाधिक विकेट लिने खेलाडी बनिसकेका छन् । हरारेमा भएको जिम्बाबे विरुद्धको पहिलो ओडीआईमा ब्रेन्डन टेलरको विकेट लिंदै शकिबले उक्त उपलब्धि हासिल गरे । उनले जिम्बाबे विरुद्ध ५ विकेट लिएका थिए […]

सम्बन्धित सामग्री

तेस्रो एकदिवसीयमा भारतद्वारा बंगलादेश २२७ रनले पराजित

तेस्रो एकदिवसीय क्रिकेटमा भारतले बंगलादेशलाई २२७ रनले पराजित गरेको छ । इशान किशनको दोहोरो शतक र विराट कोहलीको शतकको सहयोगमा भारतीय टोलीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ४०९ रन बनाएको थियो । जवाफमा बंगलादेशको टोली १८२ रनमा अलआउट भयो ।बंगलादेशका लागि शकिब अल हसनले सर्वाधिक ४३ रन बनाए भने कप्तान लिटन दासले २९ रन, यासिर अलीले २५ रन र महमुदुल्लाहले २० रनको योगदान दिए । भारतका शार्दुल ठाकुरले ३ विकेट लिए भने अक्षर पटेल र उमरान मलिकले २/२ विकेट लिए । त्यस्तै मोहम्मद सिराज, कुलदीप यादव र वासिङ्

बंगलादेशमाथि पाकिस्तानको जित, यी हुन सेमिफाइनल पुग्ने चार टिम

अस्ट्रेलियामा जारी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न समूह २ को खेलमा पाकिस्तानले बंगलादेशलाई हराएको छ। एडिलेड स्टेडियममा सम्पन्न खेलमा पाकिस्तानले बंगलादेशमाथि ५ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थियो। बंगलादेशका लागि नजमुल हुसैन सान्टोले सर्वाधिक ५४ रन…

टी २० विश्वकप: जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित

आईसीसी टी २० पुरुष विश्वकप अन्तर्गत आज सम्पन्न समूह 'बी'को खेलमा बंगलादेशले जिम्बावेमाथि रोमाञ्चक जित निकालेको छ। अस्ट्रेलियाको ब्रिसबेन स्टेडियममा सम्पन्न खेलमा बंगलादेशले ३ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५० रन बनाएको थियो। बंगलादेशका लागि ओपनर नजमुल हुसैन सान्तोले सर्वाधिक…

दक्षिण अफ्रिकाले बंगलादेशलाई हरायो

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई हराएको छ । बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि १०४ रनले फराकिलो जित निकालेको हो ।सिड्नीमा दक्षिण अफ्रिकाले दिएको २०६ रनको लक्ष्य पछ्याएको बंगलादेश १६ ओभर ३ बलमा अलआउट हुँदै मात्र १०१ रन बनायो । बंगलादेशका लिटोन दासले सर्वाधिक ३४ रन जोडे । सौम्य सरकारले १५ जोड्दा मेहदी हसनले ११ रन जोडे ।दक्षिण अफ्रीकाका एन्रीच नोर्कियाले चार विकेट लिए । ताब्रेज शम्सीले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २०

टि २० विश्वकप क्रिकेट : नेदरल्यान्ड्सलाई बंगलादेशको १ सय ४५ रनको लक्ष्य

आइसिसी टि २० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई १ सय ४५ रनको लक्ष्य दिएको छ । होबार्टमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमउँदै १ सय ४४ रन बनायो । बंगलादेशका अफिफ हुसैनले सर्वाधिक ३८ रन बनाए । यस्तै, नाज्मुल हसन शान्टोले २५, मोसाद्देक हुसैनले २० , सोम्य सरकारले १४ र नुरुल हसनले १३ रन बनाए । नेदरल्यान्डस्का पाउल भान मार्केन र बास डि लिडेले  २–२ विकेट लिए । यस्तै,  फर्द क्लासेन, टिम प्रिंगल, शरिज अहमद र लोगन भान बीकले एक एक विकेट लिए । आइसिसी टि...

जिम्बावेले बंगलादेशलाई हरायो

घरेलु टोली जिम्बावेले पहिलो टी–ट्वान्टीमा बंगलादेशलाई १७ रनले हराएको छ । शनिबार भएको खेलमा जिम्बावेले दिएको २०६ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्र १८८ रन बनायो । बंगलादेशका लागि कप्तान नुरउल हसनले सर्वाधिक ४२ रनको योगदान गरे । त्यस्त नजमल हसन सान्तोले ३७ रन बनाउँदा लिन्टन दासले ३२ रन तथा अनमुलले २६ रन जोडे । बलिङतर्फ जिम्बावेका लागि लुक जोङ्ग्वेले दुई तथा रिचार्ड नगर्भा, विलिङ्टन मासाकाट्जा तथा सिकन्दर राजाले समान एक–एक विकेट लिए ।यसअघि

बंगलादेशको पहिलो जित, पाकिस्तानको रोकिएन हारको यात्रा

एकदिवसीय महिला विश्वकपमा बंगलादेशले पहिलो जित निकालेको छ। ह्यामिल्टनमा भएको आफ्नो तेस्रो खेलमा बंगलादेशले पाकिस्तानलाई ९ रनले पराजित गर्दै पहिलो जित निकाल्यो।पाकिस्तानको भने यो प्रतियोगितामा लगातार चौथो हार हो।टस हारेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारत ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो।जवाफमा पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २५ रन मात्र बनाएको थियो।बंगलादेशका लागि फरगना हकले सर्वाधिक ७१ रन बनाउँदा  निगर सुल्तनाले ४६ रन बनाएकी थिइन्। त्यस्तै, शर्मीन अख्तर

आइसिसी महिला विश्वकप : बंगलादेशको लगातार दोस्रो हार

आइसिसी महिला विश्वकपमा न्युजिल्यान्डले बंगलादेशलाई ९ विकेटले पराजित गर्दै प्रभावशाली जित निकालेको छ। वर्षाका कारण २७ ओभरमा घटाइएको खेलमा आयोजक न्युजिल्यान्डसामु बंगलादेशले १ सय ४१ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य न्युजिल्यान्डले ४२ बल बाँकी हुँदै १ विकेट गुमाएर पुरा गर्‍यो।प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा न्युजिल्यान्डले उत्कृष्ट ब्याटिङ गरेको थियो। टस हारेर पहिलो ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर फरगना हकले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेलेकी थिइन्। त्यस्तै अर्की ओपनर समीमा सु

सकिब बने टि२० विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी

एजेन्सी – बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसन आइसिसी टि२० विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । सकिबले टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ समूह ए मा श्रीलंकाविरुद्ध एक विकेट लिँदै यस सफलता हात पारेका हुन् । सकिबले नवौं ओभरको पहिलो बलमा श्रीलंका ओपनर पाथुम निसंकालाई २४ रनमा बोल्ड आउट गर्दै यस उपलब्धी हात […]

सकिबले रचे इतिहास

एजेन्सी – बंगलादेशका सर्वाधिक सफल अलराउन्डर सकिब अल हसनले टि२० आई क्रिकेटमा नयाँ इतिहास रचेका छन् । सकिब टि२० आईमा एक हजार बढी रन बनाउने र एक सय विकेट लिने पहिले खेलाडी बनेका छन् । सोमबार अष्ट्रेलियाविरुद्ध पाँचौं तथा अन्तिम टि२० आई खेलमा सकिबले उत्कृष्ट प्रदर्शनका साथ प्लेयर अफ द सिरिज चुनिएका छन् । सकिब […]