तेस्रो एकदिवसीय क्रिकेटमा भारतले बंगलादेशलाई २२७ रनले पराजित गरेको छ । इशान किशनको दोहोरो शतक र विराट कोहलीको शतकको सहयोगमा भारतीय टोलीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ४०९ रन बनाएको थियो । जवाफमा बंगलादेशको टोली १८२ रनमा अलआउट भयो ।बंगलादेशका लागि शकिब अल हसनले सर्वाधिक ४३ रन बनाए भने कप्तान लिटन दासले २९ रन, यासिर अलीले २५ रन र महमुदुल्लाहले २० रनको योगदान दिए । भारतका शार्दुल ठाकुरले ३ विकेट लिए भने अक्षर पटेल र उमरान मलिकले २/२ विकेट लिए । त्यस्तै मोहम्मद सिराज, कुलदीप यादव र वासिङ्