कर्णाली करिडोरमा यातायात समितिले चर्को भाडा असुल्ने गरेका छन्। मान्मदेखि सेराचौर जानका लागि ४७ किलोमिटर सडकको दूरी पार गर्नु पर्छ। ४७ किलोमिटरको भाडा एक हजार छ।...
सिमकोट – कर्णाली करिडोरको हुम्ला खण्डमा नयाँ स्थापना भएको सलीसल्ला बजार क्षेत्रमा सरकारी जग्गाको भाडा व्यक्तिले असुल्दै आएको पाइएको छ। सो स्थान राष्ट्रिय सडक सञ्जाल जोडिएपछि व्यापारीले कटेरो निर्माण गरेर व्यापार व्यवसाय गर्न थालेपछि सर्केगार्ड गाउँपालिका– १ को जैर गाउँका स्थानीयले त्यसको भाडा उठाउँदै आएको पाइएको हो। सलीसल्लामा व्यापार गर्दै आएका व्यापारी जनमराज शाहीले तीनकोठे […]
सिमकोट – हुम्ला जिल्लाको पूर्वीदक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका- ३ र ४ को सिमाना लोती कर्णाली घट्टे चौरमा तुइन तर्न प्रति यात्रुले डेढ सय रुपैयाँ भाडा तिर्ने गरेको पाइएको छ । तुइन वडा नम्बर ४ को पिप्लाङ गाउँका युवाले निजी लगानीमा निर्माण गरि सञ्चालन गरेका कारण तुइन तर्दा महंगो भाडा लाग्ने गरेको बताइएको छ । चङ्खेली […]
सिमकोट – कर्णाली करिडोरको हुम्ला जिल्लाअन्तर्गत खच्चमा पहिरोले भासिएको सडक मालबहाक गाडी वारपार गर्न डोजरले एउटा गाडी तानेको भाडा तीन हजार लिने गरेको पाइएको छ। पहिरोले सो खण्डको सडक अवरुद्ध हुँदा दुई हप्तासम्म बालुकुनामा रोकिएका गाडी सलीसल्लातर्फ यातायात सेवा सुचारु गर्न भाँसिएको सडकमा गाडी तान्दा डोजरले एउटा गाडीको भाडा तीन हजार लिने गरिएको हो। अविरल […]
काठमाण्डाै - डिजलको भाउ घटेपछि लामो दूरी र बाग्मती प्रदेशमा भाडादर घटेको छ । तर अझै ६ वटा प्रदेशमा छोटो दूरीको गाडी भाडा घटेको छैन ।
सुदूरपश्चिम, कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अन्तर पालिका भाडादर अहिलेसम्म समायोजन हुन नसकेको हो । वैज्ञानिक भाडादर प्रणाली अनुसार पेट्रोल र डिजलको मूल्यमा ५ प्रतिशत तलमाथि भएमा भाडादर समायोजन गर्नुपर्ने हुन्छ ।
भाडादर समायोजन गर्दा ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत बाँकी पक्षलाई आधार मान्नुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक नाराय...
सिमकोट – कर्णाली नदीमा लगाइएको तुुइनमा सामान ढुवानी गरेको भाडा लिने गरेको पाइएको छ। सो क्षेत्रको कर्णाली नदीमाथि पुुल पनि नभएकाले तुुइनमा सामान ढुवानी गरेर नदी पार पर्नुपर्ने बाध्यता हुँदा स्थानीयले व्यक्तिगत रूपमा निर्माण गरेको तुुइनको भाडा लिने गरिएको हो। निर्माण व्यवसायीले सर्केगार्ड र चंखेली गाउँपालिकाको सिमाना सलीसल्लामा स्थानीयले निर्माण गरेर प्रयोगमा आएको तुुइनमा सामान […]
असोज तेस्रो साता भएको अविरल वर्षापछि आएको बाढी पहिरो अवरुद्ध कर्णाली राजमार्ग २० दिनपछि खुलेसँगै मालबाहक तथा यात्रुबाहक सवारी गुड्न थालेका छन् । राजमार्गमा सञ्चालनमा आएसँगै यात्रु बाहक साना तथा ठूला सवारीले यात्रुबाट मनपरी चर्को भाडा असुलेका छन् ।दसैं तिहार मनाउन घर आएका नागरिकलाई आफ्नो कर्मथलो फर्किनु पर्ने बाध्यात्मक अवस्थाको फाइदा उठाउँदै यातायात व्यवसायीले चर्को […]
कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधनको भाडा दर कायम गरिएको छ । महँगी बढेकाले नयाँ भाडादर कायम गरिएको हो ।जिल्ला प्रशासन कार्यालय जुम्लामा कात्तिक १५ मा बसेको बैठकले नेपाल सरकारले गत असार २७ गते निर्धारण गरेको भाडादरअनुसार जुम्ला, कालीकोट र सुर्खेतसम्मको भाडा दर कायम गरिएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिए । उनका अनुसार उक्त निर्धारित भाडा दरमा १५ प्रतिशत बढाएर नयाँ भाडा दर कायम गरिएको हो । जसमा जुम्ला–सुर्खेतसम्मको एक हजार दु
उनले भने ‘पुरानो भाडा कैलालीको लम्कीबाट कालिकोटको जिते बजारसम्मको एक हजार एक सय भएपनि एक हजारमा टिकेट मिल्ने गरेको थियो। तर अहिले दुई हजार हातमा नथमाउदासम्म काउण्टरवालाले सिट छैन भन्दै टिकेट काट्न मान्दैनन्। जब दुई हजार उनीहरुको हातमा थमाईन्छ अनि टिकेट हा...
कर्णाली करिडोरअन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्ला क्षेत्रमा यातायात व्यवसायीहरुले मनपरी भाडा असुल्ने गरेका छन्। यातायात व्यवसायीले मनपरी भाडा असुल्ने गरेपछि हुम्लाबाट नेपालगञ्ज, सुर्खेत, हुम्लालगायतका क्षेत्रमा आवतजावत गर्ने यात्रुहरुले मारमा पर्दै...