काठमाण्डौ – इण्डोनेशियाको पश्चिम जाभा प्रान्तमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या दुई सय ६८ जना पुगेको छ । एक सय ५१ जना अझै हराइरहेका छन् ।
राजधानी जकार्ताबाट झण्डै ७५ किलोमिटर दक्षिणपूर्वमा रहेको सियानजुर सहर नजिक केन्द्र बिन्दु बनाएर हिजो ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी एक हजार भन्दा धेरै मानिस घाइते भएका बीबीसीले जनाएको छ ।
केही घाइतेको उपचारको क्रममा ज्यान गएको हो । भूकम्प प्रभावित सियानजुर वरपरका क्षेत्रका धेरै स्थानमा पहिरो खसेको, विद्यालय, अस्पताल, सार्वजनिक सुविधाका भवन भत्...