जापानमा गएको शक्तिशाली भूकम्पका कारण बुधबारसम्म मृत्यु हुनेको सङ्ख्या २ सय ३ पुगेको छ भने अझै ६८ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । सुजु सहरमा ९१, वाजिमा ८१, अनमिजुमा २०, नानाओमा पाँच, नोटोमा तीन, शिका र हाकुईमा एक/एक जनाको मृत्यु भएको पुष्टि भएको छ । प्रभावित क्षेत्रमा, भवन भत्किने जोखिम मूल्याङ्कनमा उच्च ध्यान …