अपराधीको शैली फेरियो तर प्रहरी पुरानै विधिमा निर्भर !

काठमाडौं । करिब ७२ हजार हाराहारीको जनशक्ति रहेको नेपाल प्रहरीलाई अपराधी पत्ता लगाउनको लागि पुरानै विधि स्केचको भर पर्नु पर्ने बाध्यता छ । देशभर अनगिन्ती घटना घट्छ । दैनिक हजारौं मुद्दा दर्ता हुन्छन् । कति अपराधी पत्ता लाग्छन त कति फरार हुन्छन् । पत्याउनुहुन्छ– बयानका आधारमा फरार अभियुक्तको जस्ताको तस्तै स्केच तयार गर्ने प्रहरी अधिकृत […]

सम्बन्धित सामग्री

फेरियो भावी प्रहरी प्रमुखको दौड, डीआईजीमा सरप्राइज पाएका कुँवर उत्साहित

हालका प्रहरी प्रमुख धिरजप्रताप सिंह एक महिनापछि अवकाश पाउँदैछन्, त्यसपछि आउने नयाँ नेतृत्वका लागि बलियो दाबेदार मानिएका अशोक सिंहको प्रहरीबाट बहिर्गमन भएको छ । योसँगै भावी आईजीपी दौडको दृश्यमा बदलाव देखिएको छ ।

शुक्रबारदेखि ग्वार्कोमा फ्लाइओभर बनाउन थालिंदै, फेरियो सवारी रुट

१८ मंसिर, काठमाडौं । २३ मंसिर देखि ललितपुरको ग्वार्को चोकमा फ्लाइओभरको निर्माण कार्या सुरु हुने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आगामी शुक्रबार विहान ६ बजेदेखि निर्माण सुरु गर्न सो चोकमा अहिलेभन्दा फरक किसिमले ट्राफिक व्यवस्थपन गरिने छ । निर्माण नसकिएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुईपांग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट […]

ढलान सडकले फेरियो मुसहर बस्तीको मुहार

मधुसूदन रायमाझी, सिरहा ।  जब वर्षा शुरू हुन्थ्यो तब सिरहा जिल्ला गोलबजार नगरपालिका–३ निपानेका मुसहर बस्तीमा पानीको निकास नहुँदा विवाद चर्किन्थ्यो । विवाद टोलमा मात्र सीमित नरही प्रहरी कार्यालयसम्म पुग्थ्यो । घर अगाडिको हिलाम्मे बाटामा टोलका बालबालिका चिप्लिएर लड्ने दृश्य सामान्य मानिथ्यो । राजमार्गबाट नजिकै रहे पनि मुसहर वस्तीका बासिन्दाले कहिल्यै आफ्नो घर अगाडिको हिलाम्मे […]

चन्दननाथ र भैरवनाथ मन्दिरका लिङ्गा फेरियो

जुम्ला-कर्णालीकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरका पुराना लिङ्गा फेरिएको छ । घटस्थापनाका दिन नयाँ लिङ्गा हाल्ने पुराना हटाउने परम्पराअनुसार बिहीबार चन्दननाथ भैरवनाथ मन्दिरका लिङ्गा फेरिएको हो ।असोज १८ गते चन्दननाथ–३ को जंगलबाट ल्याइएको र बिहीबार नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा सयौं भक्तजनको सहभागितामा लिङ्गा खडा गरिएको चन्दननाथ भैरवनाथ गुठीले जनाएको छ । चन्दननाथ […]

भीमदत्तको सहयोगले फेरियो सशस्त्र प्रहरीको चुहिने छानो

महेन्द्रनगर । बर्खाको समय ठूलो पानी पर्दा छानो चुहिन्थ्यो । सशस्त्र प्रहरीलाई ब्यारेकमै ओभानो ओतको समस्या हुन्थ्यो । सशस्त्र प्रहरीका अधिकांश बीओपीमा पूर्वाधार अवस्था अहिले पनि जीर्ण छ । स्थापनाकालदेखि पूर्वाधार अभावको सामना गर्दै आएको थियो, भीमदत्त नगरपालिका–११ स्थित गड्डाचौकी बोर्डर आउट पोस्ट (बीओपी) ले । बीओपीका भवन पुराना हँदै गएपछि छानो चुहिने र जीर्णावस्थामा थिए । भीमदत्त नगरपालिकाले गत वर्ष सशस्त्र प्रहरीको गड्डाचौकी बीओपीलाई जस्तापाता खरिद गर्न ५ लाख रुपैयाँ सहयोग गर्‍यो । नगरपालिकाको सहयोगपछि अहिले बीओपीका जीर्ण बनेर चुहिने भवनको छाना फेरिएको छ  । कञ्चनपुरका सशस्त्र प्रहरी बल प्रमुख एसपी वीरेन्द्र ऐरले नगरपालिकाको सहयोग पाएपछि ठूलो राहत मिलेको बताए । सोमबार सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीसहितको टोलीले गड्डाचौकी बीओपीको स्थलगत अनुगमनका क्रममा पुग्दा एसपी जोशीले नगरपालिकाबाट महत्वपुर्ण सहयोग प्राप्त गरेको उल्लेख गरे । ‘भीमदत्त नगरपालिकाबाट बीओपीको पूर्वाधार सुधार र निर्माणका लागि आवश्यक सहयोग पाएका छौं,’ उनले भने, ‘जिल्लाका अन्य स्थानीय तहलाई  आग्रह गरिए पनि सहयोग मिलेन ।’ नगरपालिकाबाट अन्य बीओपीको व्यवस्थापनका लागि सहयोग मिलेको उनको भनाइ छ । नगरपालिकाले ब्रह्मदेव बीओपीको शौचालय निर्माण, श्रीलंका टोलस्थित बीओपीका लागि जग्गा प्राप्तिमा सहजीकरण गरेको छ । भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले पालिकाले विभिन्न संघ–संस्थालाई आवश्यकताअनुसार सहयोग गरेको जानकारी दिए । जनताको सेवामा समर्पित संघ– संस्थाको सेवा प्रवाह सहज बनाउन नगरपालिकाले सहयोग गरेको उनले बताए । ‘सुरक्षाकर्मीको परिचालन, व्यवस्थापन संघीय सरकारअन्तर्गत भए पनि मनोबल बढाउन र सेवा सहज बनाउन सक्दो सहयोग गरेका हौं’, नगर प्रमुख विष्टले भने, ‘देशको समृद्धिका लागि सबै तहका सरकारबीच सहकार्य हुन जरुरी छ । यसमा सबैले आ–आफ्नो तर्फबाट जिम्मेवार बन्नुपर्छ ।’ भीमदत्त नगरपालिकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, वडा प्रहरी, ट्राफिक प्रहरी, जिल्ला कारागार कार्यालयलगायत अन्य सामाजिक संघ–संस्थालाई पनि आर्थिक सहयोग गरेको छ ।

फेरियो प्रहरीको युनिट नाम : उपत्यकाबाट हट्यो 'महानगरीय' नाम

काठमाडौं : मंगलवार नेपाल प्रहरीका ५२ जना प्रहरी उपरीक्षक (एसपी) र ५७ जना वरिष्ठ प्रहरी उपरीक्षक (डीएसपी) सरुवा भए। प्रहरी प्रधान कार्यालय, नक्सालले आफ्नो साइटमा नै सरुवाको सूची राख्यो। प्रहरीले सरुवा भएका केही युनिटको नाममा नै परिवर्तन भएको थियो। जस्तो, महानगरीय प्रहरी परिसर भक्तपुर लेख्दै आएको ठाउँमा जिल्ला प्रहरी परिसर…

सशस्त्र प्रहरीको साउथ सुडान मिसन टोली फेरियो

काठमाडौं । संयुक्त राष्ट्रसंघीय मशिन अन्तर्गत साउन सुडानको राजधानी जुवामा खटिएको शसस्त्र प्रहरीको मिसन टोली बदली भएको छ ।कायम मुकायम एसएसपी बिरेन्द्रराज श्रेष्ठको कमाण्डमा १ सय ६० जना नेतृत्वको टिम जुवा पुगेपछि त्यहाँको टोली नेपाल फर्किएको छ । नेपाल एफपियु वानको रुपमा खटिएर मिसन सफलतापूर्वक सम्पन्न गरेको डिएसपी शिव प्रसाद गैरेको कमाण्डको टोली बुधवार काठमाडौं फर्किएको हो ।स्वदेश फर्किएको टोलीलाई सशस्त्र प्रहरी गण नम्बर–२० विपद उद्दार उपत्यका सिनामंगलमा आयोजित समारोहमा एआइजी पुष्पराम केसीले

दिनेशको बयान फेरियो : बलात्कारपछि भागरथीको हत्या गरेको स्वीकार

बैतडी : भागरथी हत्याका आरोपी दिनेश भट्टले आफूले नै भागरथीलाई बलात्कारपछि हत्या गरेको स्वीकारेका छन्।दिनेशका बुवा दीपकराज भट्ट, प्रहरी प्रमुख नारायणप्रसाद अधिकारी, सरकारी वकिल राखेर गरिएको बयानमा उनले बलात्कारपछि हत्या गरेको स्वीकारेका हुन्।छोराले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको दिनेशका बुुवा दिपकराजले थाहाखबरलाई जानकारी दिए। यसअघि दिनेशले हत्या मात्रै गरेको बताउँदै आएका थिए। दिनेशलाई हिजो प्रहरीले सार्वजनिक गरेको थियो। यसका साथै आजै बिहीबार गरिएको बयानमा दिनेशले भागरथीक