५ वर्षमा पनि आफ्नै कार्यालय भवन बनाउन सकेनन् हेटौंडाका यी वडाले

साविकको हेटौंडा नगरपालिकालाई २०७३ सालमा उपमहानगरपालिका बनाइएको भए पनि नगरपालिकाबाट उपमहानगरमा स्तरोन्नति हुँदा थपिएका कतिपय वडाका आफ्नै कार्यालय भवनसमेत बन्न सकेको छैन ।२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा  एमालेका हरिबहादुर महत हेटौंडा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भए । यसबीचमा सहरको विकासका लागि आफूले धेरै काम गरेको उनको दाबी छ । तर, हेटौंडाका १९ वटा वडामध्ये ७ वटा वडाले अझै आफ्नो कार्यालय भवन पाउन सकेका छैनन् ।१२ वटा वडासँग मात्र आफ्नै भवनउपमहानगरपालिकाका १९ वटा वडामध्ये १२ वटा

सम्बन्धित सामग्री

आँबुखैरेनीका सबै वडाको आफ्नै भवन

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिकाका सबै वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आएका छन् । चालु आर्थिक वर्षमा दुई वडा कार्यालयको भवन निर्माण सम्पन्न भएसँगै गाउँपालिकाका सबै वडा कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेका छन् । चालु आर्थिक वर्षमा वडा नं २ र ६ को कार्यालय भवन निर्माण गरिएको छ । गत आर्थिक वर्षसम्ममा वडा नं […]

नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण

धनकुटा- धनकुटा नगरपालिका–४ दानाबारीस्थित जिल्ला प्रशासन कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गृह मन्त्रालयको नौ करोड १२ लाख १८ हजारको लागतमा उक्त साढे तीन कोठे भवन बनिरहेको हो । विसं २०७९ असोजबाट दुई वर्षमा काम सक्ने ठेक्का पाएको निर्माण कम्पनीले ९० प्रतिशत काम पूरा गरेको जनाएको छ । नयाँ भवन बनेपछि […]

पाँच वर्षमा पनि बनेनन् कार्यालय भवन

स्थानीय तहको निर्वाचनको एक कार्यकाल सकिँदा पनि अछामका स्थानीय तहका मुख्य भवन र वडा कार्यालयका भवन बन्न सकेनन् । भवन नहुँदा सेवाप्रवाहमा समस्या भएको छ । स्थानीय तहका प्रत्येक कार्यालयहरू र वडा कार्यालयहरू अहिले पनि भाडाकै घरमा सञ्चालन छन् । न्यायिक समिति, अन्य कार्यालयहरू छुट्टाछुट्टै हुनुपर्ने प्रावधान भए पनि भवन अभावमा गुजाराको भरमा कार्यालय सञ्चालन भएको जनप्रतिनिधिहरू बताउँछन् ।

५ वर्षमा पनि बनेनन् वडाका भवन, कहीँ एउटै घरमा कहीँ एउटै कोठामा

दाङ : जिल्लाका १० स्थानीय तहका १ सय वडामध्ये अझै केही वडा भाडाको घरबाट र केही एउटै कोठाबाट सेवा दिँदै आएका छन्। स्थानीय तहमा जनप्रतिनिधि चुनिएर ५ वर्षे कार्यकाल सकिन लागे पनि उनीहरूले वडा कार्यालय बनाउन नसक्दा समस्या हुँदै आएको छ। शान्तिनगर गाउँपालिकाका ७ वटा वडामध्ये ४ वटाले आफ्नो वडा कार्यालय बनाइसकेका छन् भने ५ नम्बर वडाको कार्यालय भवन निर्माणाधीन छ।अहिले ५ नम्बरसहित बाँकी वडाले भाडाको घरबाट सेवा प्रदान गर्दै आएका छन्। वडा नम्बर ३ र ४ ले साविकको शान्तिनगर गाविस भएको भवनको १/१ व

अब तनहुँमै महिला बन्दीगृह

तनहुँको सदरमुकाम दमौलीमा महिला बन्दीगृह निर्माण गरिएको छ । कारागारको पुराना कार्यालय भवन तथा सुरक्षा ब्यारेकलाई मर्मत र घेराबारा गरी महिला बन्दीगृह निर्माण गरिएको हो । कूल रु ४० लाखको लागतमा २० जना क्षमताको महिला बन्दीगृह निर्माण गरिएको कारागारका जेलर ऋषिराम सुवेदीले जानकारी दिए। गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय दमौलीमार्फत रु २० लाख र चालु आर्थिक वर्षमा कारागार व्यवस्थापनबाट रु २० लाख बजेट विनियोजन गरी उक्त भवन निर्माण गरिएको हो । महिला बन्दीगृह निर्माण सम्पन्नपश्चात पोखरालगायतका लामो दूरीमा महिला ...

बेनी नगरपालिकाद्वारा तीन वडा कार्यालय भवन निर्माण

म्याग्दीको बेनी नगरपालिकाले तीन वटा वडाको कार्यालय भवन निर्माण गरेको छ । बेनीमा वडा नम्बर ७ र ८ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको हो । नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाको यसअघिनै भवन थिए ।  पात्लेखेत र वाखेत गाउँको सिमानामा रु. २० लाख खर्चेर हालै १० नम्बर वडाको तीन कोठे एक तले भवन निर्माण भएको थियो । बेनीको सामुदायिक चोकमा गत वर्ष वडा नम्बर ७ को भवन बनेको थियो ।  सात नम्बर वडाको भवनमा तला थप गर्न चालु आर्थिक वर्षमा विनियोजन भएको रु.आठ लाख बजेट कार्यान्वयनका लागि ठेक्का...

चार वर्षमा ९ वडाका कार्यालय भवन

कास्की । पोखरा महानगरपालिकाले चार वर्षमा ९ ओटा वडा कार्यालयको भवन बनाएको छ । गएको स्थानीय तह निर्वाचनपछि महानगरका ३३ वडामध्ये भवन नभएकामा नयाँ भवन निर्माण तथा अन्यको स्तरोन्नति गरिएको महानगरले बताएको छ । वडा भवन निर्माणलाई प्राथमिकतामा राखेको महानगरले निर्माण गरेका भवन सुविधासम्पन्न र आधुनिक रहेका छन् । केहीमा विद्युतीय भ¥याङ राखिएको छ । अपांगतामैत्री समेत छन् । भवनभित्रै पार्किङको सुविधा छ ।      हालसम्म वडा नं २, ७, ११, १२, १६, १९, २२, ३० र ३२ मा नयाँ भवन निर्माण गरिएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए । वडा नं ८ र १८ मा भवन निर्माणका लागि शिलान्यास भइसकेको छ । वडा नं ६, १७ र २६ का भवन निर्माण प्रक्रिया थालिएको छ । महानगरले सबै वडाका भवन निर्माणमा जोड दिए पनि कतिपय वडामा जमिन प्राप्त नहुँदा पुरानोलाई स्तरोन्नति गरिएको बताइएको छ । सूचना अधिकारी पौडेलले भने, ‘जमिन प्राप्त भएका अधिकांश वडामा भवन निर्माण सम्पन्न गरेका छौं । केहीको प्रक्रिया शुरू भएमा छिट्टै शिलान्यास गर्छौं । अन्यको हकमा स्तरोन्नति गरेर सहज रूपमा सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ ।’ महानगरले वडा कार्यालयका भवनसहित आफ्नो प्रशासकीय भवन निर्माणको प्रक्रियासमेत अघि बढाएको छ ।      महानगरको मुख्य भवन निर्माण गर्न जमिन खोजीमा चार वर्ष खर्चिएकोमा हालै पोखरा–९ नयाँ बजारस्थित दमकलमार्गमा सुविधा सम्पन्न र अत्याधुनिक प्रशासकीय भवन निर्माण सुरु गरिएको हो । महानगरको आफ्नै चार रोपनी क्षेत्रफलमा भवन बन्ने महानगरले बताएको छ । हालको भवन साँघुरो हुँदा महानगरका अन्य विषयगत शाखा कार्यालय पोखराका विभिन्न ठाउँमा राख्नुपर्ने बाध्यता हुँदा सेवाग्राहीलाई झन्झट भएको छ ।      ‘अन्डरग्राउण्ड पार्किङ’ सहितको पाँच तलाको भवन १९ करोड पाँच लाखमा निर्माण सम्झौता गरिएको छ । गत असोज १० गते आगामी १८ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी भूमि बुद्ध÷ओम बुद्ध जेभी विराटनगरसँग प्रशासकीय भवन निर्माणको ठेक्का सम्झौता गरिएको महानगरका वरिष्ठ इञ्जिीनीयर पूर्णबहादुर गुरुङले बताए । रासस

शुक्लागण्डकी नगरपालिकाको सबै वडा भाडामुक्त

तनहुँ : शुक्लागण्डकी नगरपालिका मातहतमा रहेका सबै वडा कार्यालय भाडामुक्त बनेका छन्। चालु आर्थिक वर्षमा एकै साथ तीन वडाभवन निर्माण सम्पन्न गरेपछि भाडामुक्त बनेको हो।चालु आर्थिक वर्षमा २, ५ र ७ वडाका भवन निर्माण गरिएको हो। गत वर्ष वडा नम्बर ३, ४, ९, १० र ११ का वडा भवन निर्माण गरिएको थियो। १२ वटा वडा रहेको नगरपालिकामा १, ६, ८ र १२ नम्बर वडा साविकको गाविस भवन मर्मत सम्भार गरी सेवा प्रवाह गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए। वडा नम्बर ९ को नवनिर्मित कार्यालय भवन सञ्चालनमा

७ स्थानमा कामपाका वडा कार्यालय

चालू आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले नयाँ सात स्थानमा वडा कार्यालय भवन निर्माण गर्दैछ ।