दाङ : जिल्लाका १० स्थानीय तहका १ सय वडामध्ये अझै केही वडा भाडाको घरबाट र केही एउटै कोठाबाट सेवा दिँदै आएका छन्। स्थानीय तहमा जनप्रतिनिधि चुनिएर ५ वर्षे कार्यकाल सकिन लागे पनि उनीहरूले वडा कार्यालय बनाउन नसक्दा समस्या हुँदै आएको छ। शान्तिनगर गाउँपालिकाका ७ वटा वडामध्ये ४ वटाले आफ्नो वडा कार्यालय बनाइसकेका छन् भने ५ नम्बर वडाको कार्यालय भवन निर्माणाधीन छ।अहिले ५ नम्बरसहित बाँकी वडाले भाडाको घरबाट सेवा प्रदान गर्दै आएका छन्। वडा नम्बर ३ र ४ ले साविकको शान्तिनगर गाविस भएको भवनको १/१ व