इलामका उद्योगी व्यवसायीहरुले ७ दिन बजार बन्द गर्न आह्वान गरेका छन् । जिल्लाका व्यवसायीहरुको छाता संगठन इलाम उद्योग वाणिज्य संघले कोरोनाको संक्रमण फैलिएपछि एक साता बजार बन्द गर्न आग्रह गरेको हो । चहलपहल र भिडभाड बढेकाले एक साता बजार बन्द गर्न र कोरोना परीक्षणको दायरा बढाउन माग गरिएको वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालुले बताए । वाणिज्य संघले प्रमुख जिल्ला अधिकारीलाई अनुरोध पत्र समेत पठाएको छ ।