गलकोट : भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठे अस्थायी टहरा। टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन। अन्य तीन कक्षा खुला आकाशमुनि। विद्यालयको प्राङ्गणमा कार्पेटमाथि चलिरहेको पठनपाठनको दृश्य बागलुङको जैमिनी नगरपालिकाभित्रको हो।
जैमिनी नगरपालिका-१० राङ्खानी किटेनीस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थीले घाम ताप्नका लागि प्राङ्गणमा…