विद्यालय भवन नभएपछि खेतमा बसेर पठनपाठन – देशसञ्चार

सिमकोट – जिल्लाको दक्षिणी क्षेत्रको एक विद्यालयमा विद्यार्थी कक्षाकोठा नभएपछि विद्यालय नजिकैको खेतमा बसेर अध्ययन गर्दै आएको पाइएको छ। ग्त वर्ष असोज १९

सम्बन्धित सामग्री

पहिरोले विद्यालयमा क्षति, पठनपाठन प्रभावित

बैतडी : लगातारको वर्षाले बैतडीको पाटन नगरपालिका वडा नं ९ मा रहेको सिद्धेश्वर मावि हुक्केडाँडाको विद्यालयमा क्षति पुगेको छ। विद्यालयको खेलमैदान र पर्खाल पहिरोले लगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए।वर्षाका कारण विद्यालयको तीनकोठे भवन उच्च जोखिममा रहेको भाटले बताए। उनले भने, ‘विद्यालय भवनको आँगनबाटै पहिरो गएको छ। भवन उच्च जोखिममा रहेकाले भवन भत्किने अवस्थामा पुगेको छ।’ विद्यालय भवन पहिरोको जोखिममा परेपछि पठनपाठन प्रभावित भएको भाटले बताए। उनले

सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय

– दीपक बोहरा/ विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो । तर स्थानीयले हिम्मत हारेनन् । पुनः विद्यालय भवन बनाए र कक्षा सञ्चालन गरे । कक्षा ३ बाट पठनपाठन सुरु […]

विद्यालय भवन निर्माण अधुरै

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ स्थित हुनैनाथ माध्यमिक विद्यालय देवथलीको भवन निर्माण लामो समयदेखि अधुरै रहेको छ । शैल्यशिखर नगरपालिकाले २०७७ सालमा विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको थियो । बजेट विनियोजनपछि भवन निर्माण अघि बढाइएको थियो । भवन निर्माण अधुरै रहेको स्थानीय गणेशदत्त जोशीले बताए । नगरपालिकाले विद्यालय भवन निर्माणका लागि रू. ६ लाख ५० हजार विनियोजन गरेको थियो । बजेट अभावले भवन निर्माण अधुरै रहेको प्रधानाध्यापक नवराज जोशीले बताए । ‘बजेट अभाव भयो, बाँकी काम अघि बढ्न सकेन,’ उनले भने । विद्यालय व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने सम्झौता भएको थियो । भवन निर्माण गर्न नगरपालिकाले थप बजेटको व्यवस्था नगरेपछि बाँकी काम अधुरै रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करवीर जोशीले बताए । विसं २०४० मा स्थापनमा भएको उक्त विद्यालयमा हाल कक्षा १० सम्मको पठनपाठन हुँदै आएको छ । हाल यहाँ दुई सय १५ विद्यार्थी अध्ययनरत छन् । भवन निर्माण अधुरै रहेकाले कोठा अपुग भएपछि हाल एउटै कोठामा दुईओटा कक्षाको पठनपाठन गर्नुपरेको प्रधानाध्यापक जोशीले बताए । स्थानीय तहसँग बजेटका लागि पटक पटक माग गर्दा पनि बजेट उपलब्ध हुन नसकेको उनको भनाइ छ । रासस

विद्यालय भवन जीर्ण हुँदा चौरमा पठनपाठन

म्याग्दी, ५ चैत । धवलागिरि गाउँपालिका–२ स्थित लुलाङ आधारभूत विद्यालयलाई चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती लुलाङमा रहेको विद्यालय भवन भत्किएको र जीर्ण बनेका कारण खुला चौरमा पठनपाठन गराइएको हो । विद्यालयका प्रअ नागेन्द्र ठाकुरले दुईकोठे भवन भत्किएको र चारकोठे अर्को भवन जीर्ण बनेकाले […]

पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित

पञ्चेश्वर गाउँपालिका वडा नं १ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनः निर्माण नहुँदा खुल्ला आकाशमुनि पठनपाठन भइरहेको छ । गत असोज पहिलो साताको अविरल वर्षासँगैको पहिराले विद्यालय भवन भत्किएको हो ।  विद्यालय भवन भत्किएपछि गएको तीन महिनादेखि खुल्ला आकाशमुनि पठनपाठन गर्न विद्यार्थी बाध्य भएका प्रधानाध्यापक निर्मला चन्दले बताइन् । विद्यालयको सात कोठे भवन पहिराले भत्काएपछि निकै समस्या भएको र विद्यार्थी खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका छन् । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा अहिले ७८ विद्या

विद्यालय भवन पुनःनिर्माण नहुँदा खुला ठाउँमै पठनपाठन

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका–१ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनःनिर्माण नहुँदा खुला चौरमा पठनपाठन भइरहेको छ। गत असोज पहिलो साता परेको अबिरल वर्षासँगैको पहिरोले विद्यालय भवन भत्काएको हो।विद्यालय भवन भत्किएपछि गत ३ महिनादेखि खुला चौरमा पठनपाठन गर्न बाध्य भएको विद्यालयकी प्रधानाध्यापिका निर्मला चन्दले बताइन्। विद्यालयको ७ कोठे भवन पहिरोले भत्काएपछि निकै समस्या भएको र विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन्।कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा अहिले ७८ जना विद्यार

विद्यालय भवन भत्किएपछि…

पाँचथर, २३ मङ्सिर: वेमौसमी वर्षाका कारण पहिरो गई विद्यालयको एउटा भवन भत्किएपछि पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ कन्याटारस्थित जनज्योति आधारभूत विद्यालयमा एउटा कक्षाकोठाको बीचमा अस्थायी जस्तापाताको बार लगाई दुई वटा कक्षा सञ्चालन हुँदै । काठ र जस्तापाताले बार लगाई पठनपाठन गराउँदा एक कक्षाको आवाज अर्कोमा सुनिने भएपछि पठनपाठन प्रभावकारी हुनसकेको छैन् ।-तस्वीर : रवीन्द्र काफ्ले-रासस

पठनपाठन चलिरहेको बेला विद्यालय भत्कियो, ९ विद्यार्थी घाइते

पठनपाठन  चलिरहेका  बेला  विद्यालय  भवन भत्किँदा  जाजरकोटको बोरकोटको  एक  विद्यालयका  विद्यार्थी  घाइते  भएका  छन् । बोरकोट गाउँपालिका–२,  लिम्सास्थित  वीरेन्द्र  प्राथमिक  विद्यालय  भत्किँदा  शुक्रबार अध्ययनरत नौ जना विद्यार्थी घाइते भएका हुन् । विद्यालयका  शिक्षक  कालीप्रसाद  थापाले  बाल  विकास  कक्षा  सञ्चालन हुँदै  आएको  भवनको  भित्ता  शुक्रबार  दिउँसो  पढाइ...

जीर्ण बन्यो विद्यालय भवन‚ खुला चौरमा पठनपाठन

जाजरकोट : २१ वर्ष पहिले सर्वसाधारणको श्रमदानबाट निर्माण भएको भेरी नगरपालिका-५ साल्टकुरास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको भवन जीर्ण भएको छ। सरोकारवाला निकायले भवनबारे ध्यान नदिँदा विद्यालय पढाउने थलोको रुपमा नभई धराप भएको स्थानीयवासी बताउँछन्।राजनीतिक खिचातानीका कारण विद्यालयको अवस्था नाजुक भएको स्थानीयवासीको पीडा छ। पाँचजना शिक्षक रहेको विद्यालयमा १५० जनाभन्दा बढी विद्यार्थी छन्। वर्षायाममा भवन भत्कने डरले खुला चौरमा पढनपाठन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर चन्द

मनाङका विद्यालय भवन सेनाले बनाउने

मनाङ । बाढीपहिरोका कारण क्षति पुगेका मनाङका विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिराले क्षति पुर्‍याएका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो । गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीले क्षति पुर्‍याएका चार विद्यालयको भौतिक पूर्वाधार निर्माण सेनाले गर्ने भएको शिक्षा विकास तथा समन्वय एकाइले बताएको छ । नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु मावि, नासों–६ थोंचेस्थित प्रकाशज्योति मावि, नासों–३ स्थित धारापानी आधारभूत विद्यालय र चामे गाउँपालिका–४ स्थित लोकप्रिय माविको भवन निर्माण सेनाले बनाउने बताइएको छ ।      जिल्लाका नमूना विद्यालयका रूपमा रहेका लोकप्रिय माध्यमिक विद्यालय र प्रकाशज्योति माध्यमिक विद्यालयको आधा भाग बाढीले बगाएको छ । बाढीका कारण क्षति पुगेका विद्यालयमा पठनपाठन गराउन सकिने अवस्था नरहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायणप्रसाद रेग्मीले बताए । चार ओटामात्रै माध्यमिक विद्यालय रहेको मनाङका विद्यालयमा नदी पसेपछि विद्यार्थीको भविष्य अनिश्चित बनेको छ । बाढीपहिरोले सडक सञ्जालबाट विच्छेद रहेका विद्यालय भवन निर्माणका लागि सेनाले सहयोग गर्ने भएको उनले जानकारी दिए । कोरोनासँगै बाढीपहिराको जोखिममा रहेका बालबालिकाको पढाइ नै अनिश्चित भएपछि सेनाले विद्यालय भवन निर्माण सहयोग गर्ने तत्परता देखाएको हो । नासों–१ ताल गाउँस्थित भानु माध्यमिक विद्यालयमा हालसम्म पनि मस्र्याङ्दी नदी बगिरहेको छ । ताल गाउँको बस्तीसँगै विद्यालय पनि पूर्णरूपमा जोखिममा छ । बाढीका कारण तीन माध्यमिक र एक आधारभूत विद्यालयमा क्षति पुगेको छ । यी विद्यालयमा पठनपाठन गराउन सक्ने अवस्था नरहेको बताइएको छ । त्यस्तै नासों–६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति माध्यमिक विद्यालयलाई एकतर्फ मस्र्याङ्दी नदी र अर्कोतर्फ दूध खोलाले क्षति पुर्‍याएको छ । जिल्लाका चार माध्यमिक विद्यालयमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मात्रै बाढीबाट जोगिएको रेग्मीले जानकारी दिए । सदरमुकामस्थित चामे–४ को नमूना विद्यालय लोकप्रिय माध्यमिकको भवनमा मर्स्याङ्दी नदीको बाढीले पूर्णरूपमा क्षति पुगेको छ । कहिलेदेखि विद्यालयको भवन निर्माण थाल्ने, भौतिक संरचना निर्माण आवश्यक पर्ने सामग्री कसरी क्षति पुगेको स्थानसम्म पुर्‍याउनेलगायत प्राविधिक तथा सामाजिक, विधिगत विषयमा नेपाली सेनासँग छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानले जानकारी दिएका छन् । ‘सडक सञ्जालबाट पूर्णरूपमा वञ्चित भएका छौं, विद्यालय विद्यार्थीको भविष्य निर्माणका लागि आवश्यक छ,’ उनले भने, ‘सडक सञ्जाल निर्माण छिटो भए सहज हुने थियो, पहल गरिरहेका छौं, अझैसम्म पनि वर्षा हुने क्रम जारी रहँदा समस्या थपिएको छ ।’ रासस