उच्च हिमाली क्षेत्रमा चिसो बढ्न थालेपछि मनाङका अधिकांश विद्यालयले कक्षाकोठा बाहिर पठनपाठन गराउँदै आएका छन् । हिमालसँग रहेका विद्यालय र शून्य डिग्री तापक्रम वरिपरि हिमपातका कारण कक्षाकोठामा बढी चिसो हुने भएकाले कक्षाकोठामा पठनपाठन गर्न कठिन भएको र चिसो बढेपछि सधैं बाहिर पठनपाठन गर्दै आएको जानकारी अन्नपूर्ण मावि मनाङका शिक्षक चित्रकला पराजुलीले गराए ।