नेपाल टेलिकमले गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर विस्तार गर्ने भएको छ । बुधबार नेपाल टेलिकमको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले यस्तो बताएका हुन् ।
‘गण्डकी र लुम्बिनी प्रदेशमा युटिएल कम्पनीले पाएको थियो,’ अधिकारीले भने, ‘उसले काम गरेन, त्यतिकै रहेको थियो ।...