अप्टिकल फाइबर विस्तार कार्य तीव्र

काठमाडौं । सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप अप्टिकल फाइबर बिछ्याउने कार्यलाई तीव्रता दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजनाअन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याड सेवा उपलब्ध गराउने १८ प्याकेजमध्ये १५ ओटामार्फत ६० जिल्लाका तोकिए बमोजिमका स्थानमा १०० प्रतिशत तथा दुईओटा प्याकेजमार्फत १० जिल्लाका तोकिए बमोजिमका स्थानमा ५० प्रतिशतभन्दा बढी कार्य सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको छ । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय, क्याम्पस, स्वास्थ्य चौकी, कृषि केन्द्र, पर्यटकीय केन्द्र, प्रत्येक वडालगायत सबै सार्वजनिकस्थलमा सूचना तथा सञ्चारको पहुँच पुर्‍याउने उद्देश्यले प्राधिकरणको २०७३ जेठ ३१ को बैठकबाट ग्रामीण दूरसञ्चार विकास कोषको उपयोग गर्ने निणर्य गरेको हो । प्राधिकरणका अनुसार एउटै प्याकेजमार्फत चार जिल्लाका तोकिए बमोजिमका स्थानमा ३० प्रतिशभन्दा बढी कार्य सम्पन्न भई सेवा सञ्चालनमा ल्याएको छ । सम्पन्न भएका परियोजनामध्ये हालसम्म ६ ओटा परियोजनाको अनुगमन तथा पुनर्मूल्यांकनको कार्य भइसकेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । दुई परियोजनाको प्राधिकरणबाट नियुक्त परामर्शदाताबाट पहिलो चरणअन्तर्गत अनुगमन तथा पुनर्मूल्यांकन भइरहेको छ । दुई परियोजनाको दोस्रो चरणअन्तर्गत अनुगमन र एउटा परियोजना तेस्रो चरणअन्तर्गत अनुगमन भइरहेको छ । प्राधिकरणका अनुसार मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्गअन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माणलाई प्याकेजमा अगाडि बढाइएको छ । पहिलो प्याकेज (प्रदेश नं १, २ र बागमती प्रदेश) अन्तर्गत नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)सँग २ वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता गरी काम शुरू भएको छ । हालसम्म १ हजार ६ (४६.१६ प्रतिशत) किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको छ । पहिलो प्याकेजमा २ हजार १७९ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने सम्झौता भएको थियो । देशको ग्रामीण र दुर्गम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यले १, २ र बागमती गरी तीनओटा प्रदेशअन्तर्गत मध्यपहाडी लोकमार्ग तथा जिल्लामा अप्टिकल फाइबर केवल ओछ्याउन दूरसञ्चार प्राधिकरण र टेलिकमबीच २०७३ असोज १२ मा सम्झौता भएको थियो । २७ डेन्स वेबलेन्थ डिभिजन मल्टिप्लानिङ प्रणाली (डीडब्ल्यूडीएम सिस्टम)को जडान भई पहिलो क्लस्टरको क्षेत्रमा फिजिकल एबिलिटी टेस्ट (पीएटी) तथा दोस्रो क्लस्टरको क्षेत्रमा काम भइरहेको छ । ४७ कोर राउटर इक्वीपेमेन्ट जडान गर्ने कार्य सम्पन्न भई फिजिकल पीएटी सम्पन्न भएको छ । दोस्रो प्याकेज (बागमती प्रदेश र लुम्बिनी प्रदेश) अन्तर्गत भने युनाइटेड टेलिकमले २ वर्षभित्र काम सक्नेगरी सम्झौता भए पनि कार्यको प्रगति शून्य देखिएपछि प्राधिकरणले सम्झौता म्याद थप गरेको छैन । त्यसबारे सर्वोच्चमा मुद्दा परेको र मुद्दा टुंगो नलागेसम्म अवधि थप नगर्न अन्तरिम आदेश भएको छ । तेस्रो प्याकेजअन्तर्गत टेलिकमसँग २ वर्षभित्र कार्य सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । सो कार्यका लागि सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ । कर्णाली र सुदूरपश्चित प्रदेशका लागि बोलपत्र मूल्यांकनको क्रममा रहेको छ । गण्डकी र लुम्बिनीमा २ हजार १६० र कर्णाली र सुदूरपश्चित प्रदेशमा १ हजार ९९२ किलोमिटर दूरीसम्म अप्टिकल फाइबर बिछ्याउने सम्झौता भएको छ । देशका विभन्न स्थानमा सडक विस्तार, बाढीपहिरो, हावाहुरी र चट्याङका कारण अप्टिकल फाइबरमा अवरोध आएको गुनासो भने बढ्दै गएको छ । रासस

सम्बन्धित सामग्री

अप्टिकल फाइबर काटिएपछि अवरूद्ध भएको एनसेलको सेवा पुनः सुचारू

अप्टिकल फाइबर काटिएपछि अवरूद्ध भएको एनसेलको सेवा पुनः सुचारू भएको छ । बिहीबार बिहान पानीको पाइपलाइन जडान गर्ने क्रममा ढल्केबर देखि निजगढ जोड्ने अप्टिकल फाइबर बर्दिबास नजिकै काटिएपछि सेवा अवरूद्ध भएको थियो ।  प्राविधिक टोलीको कडा प्रयास पछि छोटो अवधिमा सेवा सुचारू गर्न सफल भएको एनसेलले जनाएको छ । मर्मतसम्भार पश्चात सम्पुर्ण अवरुद्ध सेवाहरु (भ्वाइस, डेटा, एसएमएस) सुचारु...

अप्टिकल फाइबर विस्तारमा तीव्रता

काठमाडौँ,२७ जेठ । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अप्टिकल फाइबर विस्तारमा तीव्रता दिएको छ । ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउन १८ वटा प्याकेजमार्फत ७४ जिल्लामा तोकिएबमोजिमका स्थानमा जडान सम्पन्न भई सेवा सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ । सम्पन्न भएका परियोजनामध्ये हालसम्म आठवटा परियोजनाको अनुगमन तथा प्रमाणीकरण भइरहेको […]

सूचना महामार्गः चैतसम्म १ हजार ५५७ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याइयो

हालसम्म १ हजार ५५७ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याइएको छ । मध्यपहाडी लोकमार्ग र जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग परियोजना अन्तर्गत चैत मसान्तसम्म १ हजार ५५७ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याइएको हो ।  नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सूचना महामार्ग निमार्ण परियोजनालाई अगाडि बढाएको छ । प्राधिकरणले सूचना महामार्ग निमार्ण...

राजमार्ग विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा नेटवर्कमा समस्या

राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा दिनहुँजसो नेटवर्कको समस्या हुन थालेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारका क्रममा पटक–पटक अप्टिकल फाइबर काटिँदा नेटवर्कको समस्या भएको हो । बिहीबारमात्रै अरुणखोला क्षेत्रमा बाटो विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा दिनभरजसो नेपाल टेलिकमको मोबाइल...

नवलपरासीमा राजमार्ग विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा नेटवर्कमा समस्या

नवलपरासी - राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा दिनहुँजसो नेटवर्कको समस्या हुन थालेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्रमा नारायणगढ – बुटवल सडक विस्तारका क्रममा पटक-पटक अप्टिकल फाइबर काटिँदा नेटवर्कको समस्या भएको हो।  हिजाे अरुणखोला क्षेत्रमा बाटो विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा दिनभरजस्ताे नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या भएको थियो । यो समस्या नवलपुरमा अहिले पटक पटक हुन थालेको छ । मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, नेट नचल्ने  गर्दा नेपाल टे...

उच्च हिमाली क्षेत्र र सोलुखुम्बुमा एनटीसीको अप्टिकल फाइबर लिंक जडान

नेपाल टेलिकमले उच्च हिमाली क्षेत्र र सोलुखुम्बुमा अप्टिकल फाइबर लिंक जडान गरेको छ । टेलिकमले सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवा गुणस्तर थप वृद्धि हुने भएको हो । मुलुकको अति दुर्गम स्थानमध्ये सोलुखुम्बु जिल्लाका सेवाग्राहीहरूले अब दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका टेलिकमले दाबी गरेको छ ।समुद्री सतहबाट ३ हजार मिटर उचाइ्मा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई हिजो (२०७८ कात्तिक ११ गते) १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको हो । रेडियो लि

सूचना महामार्गः एक हजार किलोमिटरमा अप्टिकल फाइबर जडान

देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तार परियोजनाअन्तर्गत हालसम्म एक हजार छ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै शुरु गरेको योजनाअन्तर्गत असार मसान्तसम्म ४६ दशमलव १६ प्रतिशत मात्रै जडान सम्पन्न भएको छ । पहिलो खण्डअन्तर्गत प्रदेश नं १, २ र बागमती प्रदेशमा फाइबर...

सूचना महामार्गः एक हजार किलोमिटरमा अप्टिकल फाइबर जडान

देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तार परियोजनाअन्तर्गत हालसम्म एक हजार छ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ।

काठमाडौँ–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर

काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु भएको छ । नेपाल टेलिकम र नेपाली सेनाले संयुक्त रूपमा डिजाइन तथा डीपीआरको काम अगाडि बढाएको नेपाल टेलिकमले जनाएको छ ।टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले काठमाडौँलाई तराईलगायत अन्तर्राष्ट्रिय सूचना महामार्गसँग जोड्न तथा काठमाडौँको सूचना प्रविधिलाई अहिलेको भन्दा थप सर्वसुलभ बनाउने उद्देश्यसहित काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्य

अप्टिकल फाइबर बिच्छ्याउँदा लापरबाही : संघर्ष समिति बनाएर स्थानीयले गरे विरोध

मेची राजमार्गमा नेपाल दूरसञ्चार प्राधिकरणको अप्टिकल फाइबर बिच्छ्याउँदा लापरबाही भएको भन्दै स्थानीयले विरोध गरेका छन् । मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकाको करिब २० किलोमिटर सडक क्षेत्रमा अप्टिकल फाइबर बिच्छ्याउँदा सामान्य सतर्कतासमेत...