काठमाडौं। नेपाल टेलिकम र काठमाडौतराई–मधेश दु्रत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झौता सम्पन्न भएको छ। राजधानीलाई मधेशसँग जोड्ने तुलनात्मक रुपमा निकै छोटो (७२.५ कि.मी) मानिएको र नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो सडकमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानहरुसहित आयोजना र टेलिकमबीच पुस १० गते सहमति एमओयुमा हस्ताक्षर भएको हो।