बैतडी : सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्लाको अवरुद्ध सञ्चार सेवा सुचारु भएको छ। डडेल्धुरामा अप्टिकल फाइबर काटिदा सोमबार दिउँसोदेखि अवरुद्ध बैतडी र दार्चुलाको सञ्चारसेवा मंगलबार दिउँसोदेखि सञ्चालनमा आएको हो।काटिएको अप्टिकल फाइबर अत्तरियाबाट आएको प्राविधिक टोलीले मर्मत गरेपछि सेवा सञ्चालन भएको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताए।वर्षापछि रूख ढलेर अप्टिकल फाइबर काटिदा सञ्चार सेवा अवरुद्ध भएको थियो। उनले भने, ‘प्राविधिक टोलीले काटिएको अप्टिकल फाइबर मर्मत गरेपछि मंगलबार सा