भरतपुर सबस्टेसनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा, उद्योगले पाए बिजुली

काठमाडौं। चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीमा रहेको १३२/११ केभी भरतपुर सबस्टेसनमा रहेका दुईवटै पावर ट्रान्सफर्मरहरु सञ्चालनमा आएका छन्। नेपाल विद्युत

सम्बन्धित सामग्री

भरतपुर सबस्टेसनका दुई वटै ट्रान्सफर्मर सञ्चालनमा, उद्योगले पाए बिजुली

चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीमा रहेको १३२/११ केभी सबस्टेसनका दुई वटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् । ट्रान्सफर्मर पूर्ण रुपमा सञ्चालनमा आएपछि नेपाल विद्युत प्राधिकरणले भरतपुर क्षेत्रमा रहेका उद्योगलाई पनि आइतबार सााझबाट विद्युत आपूर्ति गरेको छ ।

भरतपुरका अत्यावश्यक कार्यालयमा वैकल्पिक बिजुली, कुलमान आफैँ 'फिल्ड' मा

चितवन – चितवनको भरतपुर महानगरपालिकामा बिजुली आउन अझै आठ/दश घण्टा लाग्ने भएको छ । भरतपुर महानगरपालिकाको बसेनी ग्रिड सबस्टेशनको पावर ट्रान्सफर्मरहरूमा समस्या आउँदा भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा हिजो मङ्गलवार दिउँसोदेखि विद्युत् आपूर्ति बन्द भएको छ ।  हिजो दिउँसोदेखि राति पनि नभनी काम भइरहेको र आज राति बिजुली दिन सक्ने सम्भावना रहेको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले उज्यालोलाई जानकारी दिनुभयो । ट्रान्सफर्मर ...

ट्रान्सफर्मर जलेपछि नारायणगढ–भरतपुरमा विद्युत् ठप्प

ट्रान्सफर जलेपछि चितवन सदरमुकाम भरतपुर र जिल्लाकाे मुख्य व्यावसायिक बजार क्षेत्र नारायणगढमा मंगलबार दिउँसाेदेखि नै बिजुली छैन । आज (बुधबार) साँझसम्म बत्ती आउन सक्ने सम्भावना रहेकाे नेपाल विद्युत् प्राधिकरण भरतपुर शाखाले जानकारी दिएकाे छ ।

इच्छाकामनाको चनौटेदेखि ढुंग्रेसम्म करीब साढे २०० घरधुरीमा विद्युतीकरण

वैशाख ६, चितवन । चितवनको इच्छाकामना गाउँपालिकाका करीब साढे २०० घरधुरीमा बिजुली बलेको छ । सामुदायिक विद्युतीकरण कार्यक्रमअन्तर्गत ती क्षेत्रमा बिजुली बालिएको हो । इच्छाकामना–५ अन्तर्गत चण्डीभञ्ज्याङको चनौटेदेखि ढाला, पांगडे, ढुंग्रेसम्मका क्षेत्रमा विद्युतीकरणको काम सम्पन्न गरिएको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहले जानकारी दिए । ‘स्थानीयवासीका लागि आवश्यक मिटर प्राधिकरणले उपलब्ध गराउनेछ’, सिंहले विद्युतीकरण शुभारम्भ कार्यक्रममा भने, ‘सुरक्षित रहेर विद्युत् उपभोग गरौँ र खपत बढाऊँ ।’ स्थानीयस्तरमा स्थापना गर्न सकिने कलकारखाना खोल्न आग्रह गर्दै सिंहले त्यसका लागि प्राधिकरणले आवश्यक विद्युत् उपलब्ध गराउने बताए ।  प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतको सामुदायिक विद्युतीकरण विभागबाट ठेक्का भई विद्युतीकरण सम्पन्न भएको पनि सिंहले जानकारी दिए । उनका अनुसार विद्युतीकरण गरिएको ठाउँमा १००/१०० केभिएका दुई ओटा ट्रान्सफर्मर जडान गरिएको छ । मर्स्याङदी बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको विद्युतीकरण शुभारम्भ कार्यक्रममा संघीय सांसद कृष्णभक्त पोखरेलले गाँउपालिकामा यसै वर्ष विद्युतीकरणको काम सम्पन्न गर्ने गरी काम भइरहेको बताए । उनले संघीय सरकारको तर्फबाट विद्युतीकरणका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए ।  गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले पालिकाले पनि विद्युतीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले प्राधिकरणको प्रयासले बिजुली बाल्न सकिएको र यसले गाउँलेको जीवन पद्धतिमा परिवर्तन ल्याउने बताए । गाउँपालिकाको सामुदायिक क्षेत्रमा पर्ने २, ३ र ५ नम्बर वडामा विद्युतीकरण हुन बाँकी छ । वडा नं २ को काउलेमा विद्युतीकरणका लागि ठेक्का भई काम भइरहेको सहकारी संस्थाका व्यवस्थापक कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार तोबाड, वडा नम्बर ७ को सिराइचुली, ज्यानडाला, चण्डीभञ्ज्याङको ताल्ची, तुल्चेलगायत क्षेत्रमा विद्युतीकरण हुन बाँकी छ ।  यस्तै, वडा नं २ का केही ठाउँ तथा ३ र ४ नम्बर वडा केही ठाँउमा पनि विद्युतीकरण हुन बाँकी छ । सो क्षेत्रमा पिछडिएको समुदाय चेपाङ तथा गुरुङ, मगरलगागत जातजातिको बसोबास रहेको छ । शुभारम्भ कार्यक्रममा विभिन्न राजनीतिक दलका गाउँ कमिटी अध्यक्षहरू तथा भरतपुर वितरण केन्द्रका प्राविधिकको उपस्थिति थियो । रासस

भरतपुरसहित आसपासमा आज पाँच घण्टा बिजुली नआउने

चितवनको भरतपुर महानगरसहित आसपासका क्षेत्रमा आज (बुधबार) ११ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुने भएको छ। नयाँ ट्रान्सफर्मर राख्नुपर्ने र भरतपुर सवस्टेशनको मर्मत सम्भार गर्नुपर्ने भएकाले सो क्षेत्रमा बिजुली कटौती हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।