मनाङबाट चितवनसम्म १६०० मेगावाट विद्युत प्रवाह  गर्ने पूर्वाधार निर्माण अन्तिम चरणमा, १६ अर्ब लागत

काठमाडौं । मर्स्याङ्दी र आसपासका नदी करिडोरमा उत्पादन भएको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको मर्स्याङ्दी करिडोरका सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २२० केभी क्षमताको प्रसारण लाइन आयोजनाअन्तर्गतका दुई ओटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको हो । ती सबस्टेसनको क्षमता पनि २२० केभी बराबर नै रहेको छ । आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदिपुर सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदिपुर सबस्टेसन आगामी असारभित्र निर्माण सम्पन्न गर्नेगरी अन्तिम चरणका काम भइरहेका छन् । आयोजनाअन्तर्गत नै लमजुङको खुदी र मनाङको धरापानीमा पनि २२० केभी क्षमताकाका सबस्टेसन निर्माणाधीन छन् । खुदी सबस्टेसन आगामी ६ महीनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ । भौगोलिकरुपमा विकट र सबस्टेसन निर्माणस्थलमा उपकरण लैजान पहुँच सडकको समस्या रहेकाले धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्नेछ । पहुँच सडक निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया शुरू गरिएको छ । नयाँ भरतपुर सबस्टेसनमा सञ्चालनपूर्व गर्नुपर्ने परीक्षणका काम भइरहेका छन् । उदिपुर सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भएको छ । सबस्टेसनमा रहने उपकरण निर्माणस्थलमा ढुवानी भइसकेका छन् । उपकरण जडान जारी छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत निर्माण प्रगति, उत्पन्न भएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गरेका छन् । नयाँ भरतपुर र उदिपुर सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, ३२० एमभिए र २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्मर रहनेछन् । खुदी र धारापानी सबस्टेसनमा क्रमश : २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए र २२०/१३२ केभी, १०० एमभिए तथा १३२/३३ केभी, ३० एमभिए क्षमताका पावर ट्रान्सफर्मर रहनेछन् । खुदी सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भएको छ । ट्रान्सफर्मरलगायतका उपकरण निर्माणस्थलमा ढुवानी शुरू भएको छ ।   मर्स्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करीब १ हजार ६०० मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि  मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदिपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदिपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई ओटा सबस्टेसन निर्माण भइरहेको छ । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करीब १६ अर्ब रुपैयाँ बराबर छ । रासस

सम्बन्धित सामग्री

मेलाबाट भएको आम्दानीबाट पर्यटकीय पूर्वाधार निर्माण

म्याग्दी– मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । मच्छिमको भूमे युवा क्लबले गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानीले मच्छिमको डाँडामा पर्यटकीय पूर्वाधार निर्माण गरेको हो । क्लबका पूर्वअध्यक्ष मिलन छन्त्याल (शेरबहादुर)ले मच्छिमको डाँडामा दृश्यावलोकनस्थल, सार्वजनिक शौचालय र प्रतिक्षालय […]

पोखरामा नयाँ भवन तथा पूर्वाधार निर्माण मापदण्ड जारी

पोखरा महानगरपालिकाको नयाँ ‘भवन तथा पूर्वाधार निर्माण मापदण्ड २०८०’ जारी गरेको छ। पोखराका मेयर धनराज आचार्यका अनुसार महानगर क्षेत्रको भूसंबेदनशिलता, भौगर्भिक अवस्था, पोखराको भौतिक बिकास योजना तथा भुउपयोग योजना, बढ्दो...

नेपाली सेनाद्वारा मुक्तिनाथ मन्दिर परिसरमा पूर्वाधार निर्माण

मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाले पूर्वाधार निर्माण गरेको छ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिकस्थलको रुपमा रहेको यस क्षेत्रमा सेनाले प्रारम्भिक स्वास्थ्य उपचार कक्ष, शौचालय र  दर्शनार्थीमैत्री विश्रामस्थल...

पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा पूर्वाधार निर्माण गरिँदै

दोधारा चाँदनी – कञ्चनपुरको बेदकोट नगरपालिकाले सिद्ध शिव लिङ्गेश्वरधामको विकासका लागि रु सात करोडका पूर्वाधार निर्माण गर्न लागेको छ। बेदकोट–४ स्थित चुरे पहाडको फेदमा सिद्ध शिव लिङ्गेश्वरधाममा ती पूर्वाधार निर्माण गर्न लागिएका हुन्। धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले केन्द्र सरकार र बेदकोट नगरपालिकाले संयुक्तरुपमा संरचना निर्माण गर्न ठेक्का सम्झौता गरेका छन्। बेदकोट नगरपालिकाका नगर प्रमुख […]

भारतको बेंगलुरुमा पूर्वाधार निर्माण सम्बन्धी प्रदर्शनी हुँदै

भारतीय उद्योग परिसंघको आयोजनामा भारतको बेंगलुरु सहरमा दक्षिण एसिया स्तरीय पूर्वाधार निर्माण सम्बन्धी एस्कोन प्रदर्शनी हुने भएको छ।...

भातखाने डाँडामा धमाधम पूर्वाधार निर्माण

बागलुङ, २६ माघ । बागलुङको ताराखोला गाउँपालिकाको केन्द्र भातखाने डाँडा । गाउँपालिका बनेपछि यहाँ पूर्वाधार निर्माण कार्य धमाधम भइरहेको छ । तस्बिरः रामबहादुर थापा÷ रासस

मधुगंगाधाममा पूर्वाधार निर्माण सुरु

धनकुटा : धनकुटा नगरपालिका–२ भीरगाउँमा रहेको मधुगंगा महादेवधामलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण सुरु गरिएको छ। संघीय सरकारको तनि करोड ७० लाख रुपैयाँ लागतमा पूर्वाधार निर्माण सुरु गरिएको हो। धनकुटा नगरपालिकाले मधुगंगा धामको विकासका लागि यसअघि नै १५ लाख रुपैयाँ खर्च गरेर विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार पारेको थियो। पूर्वाधार निर्माणका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन भए पनि थेगिम सिंह जेबीले तीन करोड ७० लाख रुपैयाँमा ठेक्का पाएको छ। निर्माण कम्प

हल्दिबारी गाउँपालिकामा ‘गुणस्तरीय पूर्वाधार निर्माण’ अभियान

झापा /हल्दिवारी गाउँपालिकाले चालु आर्थिक वर्षका लागि आवश्यकताका आधारमा ‘गुणस्तरीय पूर्वाधार निर्माण’ अभियान शुरु गरेको छ । विशेषगरी सडकको स्तरोन्नति, पहँुच मार्गमा जोड्ने सडक कालोपत्र,

गुर्जाको तातोपानी कुण्डमा पूर्वाधार निर्माण

ओझेलमा परेको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा र वडा नम्बर ४ मुदीको सीमा क्षेत्रमा पर्ने तातोपानी कुण्डलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । गुर्जा र मुदीको सीमा क्षेत्रमा रहेको खरिबासमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको हो ।गुर्जा खोलाको किनार र पहाडको फेदीमा रहेको मुहानबाट प्राकृतिक […]

बिहादीमा प्याराग्लाइडिङ पूर्वाधार निर्माण शुरु

बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि पूर्वाधार निर्माण थालिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रकम रु २० लाखको लागतमा गाउँपालिकाको लुङरिङडाँडामा प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको हो ।बिहादी गाउँपालिकाको रमणीय तथा पर्यटकीय क्षेत्र मानिने लुङरिङडाँडाबाट प्याराग्लाइडिङ उडान (टेकअफ) गर्ने र वडा नं ३ को इमिचौर र वडा नं १ को दुर्लाङमा अवतरण (ल्याण्ड) गर्ने गरी काम थालिएको छ । केही समयअघि गरिएको प्याराग्लाइड