वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात क्षेत्रलाई बिचौलियामुक्त बनाउने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै दाहालले यातायात क्षेत्रका सेवालाई मर्यादित र व्यवस्थित बनाउन आफूले काम गरिरहेको दाबी गरेका हुन् ।