यातायात कार्यालयलाई बिचौलियारहीत बनाउँछु : मन्त्री दाहाल

वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात व्यवस्था कार्यालयलाई बिचौलियारहीत बनाउन लागिपरेको बताएका छन् । गुर्जुधारा यातायात कार्यालयको शुक्रबार अनुगमन गर्दै उनले लाइसेन्स बनाउन, नवीकरण गर्न, सवारी दर्ता लगायत काम गर्न खोज्दा सेवाग्राही बिचौलियाको फन्दामा पर्ने गरेको गुनासो आएको बताए ।