चारदिने एशिया भ्रमणमा आज निस्किएका अमेरिकी राष्ट्रपति जो बाइडेन दक्षिण कोरिया पुगेका छन्। राष्ट्रपति निर्वाचित भएपछि यो उनको पहिलो एशिया भ्रमण हो।रुसले युक्रेनमा गरेको युद्धका समयमा उनको यो भ्रमण खासगरी क्षेत्रीय सहयोग विस्तारका साथै विश्वमा प्रभुत्व बढाउँदै गएको चीनविरुद्ध एशियाका विभिन्न देशलाई एकजुट पार्नु रहेको बेलायती समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।उनी राजधानी सोलको दक्षिणमा रहेको अमेरिकी वायुसैनिक अखडा ओसानमा अवतरण गरेका थिए। ओसानमा नै उनको स्वागत दक्षिण कोरियाका नवनिर्वाचित राष्ट