झापा : निर्माण कम्पनीले नालासहित कालोपत्रे सडक विस्तारको काममा ढिलासुस्ती गरेको भन्दै धुलोपीडित स्थानीय आक्रोशित बनेका छन्। सरकारको सघन सहरी विकास कार्यक्रममाअन्तर्गत झापाको सदरमुकाम भद्रपुरको नालासहित सडक विस्तारका लागि दुई अर्ब लगानी गरेको छ। सघन सहरी विकास तथा भवन निर्माण आयोजना झापाले दुई वटा प्याकेजमा नालासहित सडकको ठेक्का लगाएको छ। लुम्बिनी, गजुरमुखी र एपेक्स काठमाडौँले भ्याटबाहेक ६६ करोड ८६ लाख २६ हजार ३ सय ८ रुपैयाँमा एउटा प्याकेजको ठेक्का लिएको छ भने श्रेष्ठ, रसुवा र एपेक्स जे