नेकपा माओवादी केन्द्रले संसदीय दलको उपनेता सरकार गठन भएपछि मात्रै बनाउने भएको छ । संसदीय दलको नेतामा प्रचण्डलाई बनाउने समझदारी भएपनि उपनेता सरकार गठन भएपछि मात्रै चयन गर्ने उपमहासचिव मातृकाप्रसाद यादवले बताए । माओवादी पदाधिकारी बैठकले दलको नेतामा प्रचण्ड, प्रमुख सचेतकमा हितराज पाण्डेलाई बनाउने निर्णय गरेको यादवले बताए । अब बस्ने संसदीय दलको बैठकले दलको नेतामा प्रचण्ड र प्रमुख सचेतकमा पाण्डेलाई चयन गर्ने बताए । दलको उपनेतामा जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत र रेखा शर्माले