काठमाडौं : बुधबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन साह महानगर क्षेत्रको अनुगमनमा निस्किए।फुटपाथ तथा पार्किङको समस्या रहेको काठमाडौमा अन्डरग्राउन्ड पार्किङ खाली गराउन लागे। सोमबार काठमाडौंको नयाँ बानेश्वरबाट अन्डरग्राउन्ड पार्किङ खाली गराउने अभियान थालेका बालेनन् बुधबार आधा दर्जनभन्दा बढी पार्किङ खाली गर्नुका साथै अवैध रूपमा बनाएको संरचना हटाए। काठमाडौं उपत्यकामा रहेको सवारी पार्किङको समस्या समाधान गर्नका लागि सो अभियान चलाइएको मेयर साहको स्वकीय सचिव भूपदेव सा