कोरोना भाइसरको प्रभावबाट नेपालको कृषि क्षेत्रलाई जोगाउन नागरिक अनुवाले आह्वान गरेका छन् । कृषिप्रधान मुलुक भएकाले यसको प्रभा कृषिमा पर्न नदिन सरकारसँग विभिन्न ११ बुँदे ध्यानाकर्षण जारी गरिएको छ ।
राष्ट्रिय सभाका सदस्य डा. बिमला राई पौड्याल, कृषि विज्ञ डा. रामप्रकाश यादव, पत्रकार कनकमणी दिक्षीत, पूर्व प्रशासक रामेश्वर खनाल लगायत सात जना अनुवाले सामुहित आह्वान पत्र जारी गरेका हुन् ।