कोरोना संक्रमण दिनानुदिन बढिरहेको अवस्थामा जनमत पार्टीले स्वास्थ्य मापदण्डसमेत पालना नगरी शुक्रबार भैरहवामा नारा जुलुस निकालेको छ । संघीय सरकारका कृषिमन्त्री महेन्द्र राय यादवको राजीनामा र किसानका समस्या समाधान गर्न माग गर्दै जनमत पार्टीले प्रदर्शन गरेको हो । जनमतका कार्यकर्ताले भैरहवामा उखु, हलो लगायतका कृषि सामग्री र उपकरण बोकेर प्रदर्शन गरेका थिए । तर कोरोनाबाट बच्न सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको र सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिए पनि जनमत पार्टीका