रुपन्देहीको सैनामैनामा पर्यटन प्रवद्र्धन गर्न विश्व साइकलयात्री पुस्कर शाहसहित शनिवार साइकलयात्रा गरिएको छ ।
नगरपालिकाको करीब ४५ किलोमिटर क्षेत्रफलमा रहेको चक्रपथको परिक्रमा गरिएको सैनामैनाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गोविन्द ज्ञवालीले जानकारी दिए ।
साइकल यात्रामा नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीसहित करीब ७० व्यक्ति सहभागी रहेका थिए ।
स्थानीय मुर्गिया बजारबाट शुरू भएको यात्रा गर्न करीब ७ घण्टा लाग्ने अनुमान गरिएको छ । उनीहरूले बोलबम धाम, जर्लैया, सिमसार क्षेत्र, रानीकुवा, राजाकुवा, मलमला मन्दिर लगायतका क्षेत्रक...