आजकाल मानिसहरुमा युरिक एसिडको समस्या बढ्दै गइरहेको छ । शरीरमा युरिक एसिडको स्तर त्यतिबेला बढ्छ जब मृगौलाले यसलाई फिल्टर गर्न विफल रहन्छ । साधारणतया मृगौलाको काम युरिक एसिडलाई फिल्टर गरेर पिसाबमार्फत् यसलाई शरीरबाट बाहिर निकाल्नु हो । जब शरीरमा युरिक एसिड धेरै मात्रामा बन्न थाल्छ तब मृगौलाले यसलाई फिल्टर गर्न सक्दैन तसर्थ रगतमा युरिक एसिडको स्तर बढ्ने गर्छ । यद्यपि, कम जानकारीका कारण मानिसहरु यसको लक्षणलाई नजरअन्दाज गर्ने गर्छन् । यस्तोमा युरिक एसिडको बढ्दो स्तरले थुप्रै स्वास्थ्य समस्यालाई