काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभा तर्फको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ। नेपाल समाजवादी पार्टीसहित ११० जना सांसदको सूची आयोगमा बुझाइएको उपमहासचिव वर्षमान पुनले बताए। उनका अनुसार ११० मध्ये ५ जना डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीका छन्। डा. भट्टराई पनि माओवादीकै चिह्नबाट चुनाव लड्ने सहमति भइसकेको छ। त्यसका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरिसकेको पुनले बताए।आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले पार्टीले तोकेक