नागरिकता विधेयकमाथिको सुनुवाइ सर्‍यो, आइतबार अर्को पेशी

काठमाडौं । नागरिकता संशोधन विधेयक प्रमाणीकरण गराउन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेका रिट निवेदनहरुमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले असोज ९ गते (आइतबार)को लागि अर्को पेशी तोकिएको जानकारी दिनुभयो । न्यायाधीश डा. मनोज शर्माको एकल इजलासमा पेशी तोकिएको मुद्दा स्थगित भएको हो । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण […]

सम्बन्धित सामग्री

रेणुका साहको मुद्दाको आइतबार सुनुवाइ भएन

न्यायपरिषदद्वारा उच्च अदालतको न्यायाधीशबाट बर्खास्त गरिएकी रेणुका साहले दायर गरेको मुद्दा आइतबार पेशीमा चढेपनि हेर्न नभ्याइने सूचीमा परेको छ । न्यायाधीश नकुल सुवेदीको इजलासमा सुनुवाइ तोकिएको मुद्दा ‘बेन्च बस्न नभ्याइएको’ भनेर स्थगित भएको हो ।  सुवेदीको एकल इजलासमा परेका सबै मुद्दा हेरिएन भने संयुक्त इजलास मात्रै बस्यो । बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी उनको मुद्दा आइतबारका लागि पेशी तोकिएकामा सुवेदीको इजलासमा परेको थियो । साहले कामु प्रधानन्यायाधीश, कानुन मन्त्री

आइजिपी नियुक्ति विरुद्ध परेको रिटको पेशी बुधबार

काठमाडौं : नेपाल प्रहरीमा महानिरीक्षक (आइजिपी) नियुक्ति विरुद्ध परेको रिटको पेशी पर्सि (बुधबार) का लागि तोकिएको छ। सर्वोच्च अदालतमा केही बेरअघि दर्ता भएको रिटमा २१ गतेका लागि पेशी तोकिएको अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।सरकारले धीरजप्रताप सिंहलाई प्रहरीको आइजिपी नियुक्त गरेपछि निर्णय बदरको मागसहित एआइजी विश्वराज पोखरेलले रिट निवेदन पेश गरेका थिए। वरिष्ठता र ज्येष्ठता मिचेर आइजिपी नियुक्त गरेको भन्दै पोखरेलले सर्वोच्चसँग अन्तरिम आदेश मागेका छन्।मन्त्रिप

निलम्बित गभर्नर अधिकारीको रिटको पेशी आज

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आज मंगलबारलाई तोकिएको छ । सोमबार सर्वोच्चमा दर्ता भएको रिटको पेसी मंगलबारका लागि तोकिएको हो । सरकारले आफूमाथि गरेको छानबिन गैर कानुनी भन्दै छानबिन समितिको गठनसँगै भएको निलम्बन गैरकानुनी भन्दै अधिकारीले आइतबार लगेको रिट सोमबार दर्ता भएको थियो । सरकारले […]

मुद्दा छानी–छानी आफ्नै इजलासमा पेशी तोक्दै प्रधानन्यायाधीश

१५ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नयाँ दर्ता भएका रिट निवेदन छानीछानी आफ्नै इजलासमा पेशी तोक्न थालेका छन् । आइतबार चारजना न्यायाधीशको एकल इजलास राखेका उनले सुनुवाइ हुने खालका र अनुकूल मुद्दामात्रै आफ्नो इजलासमा तोकी बाँकी मुद्दा अरु न्यायाधीशको एकल इजलासमा तोकेका हुन् । आइतबार प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा दुईवटा निवेदनमात्रै राखेका थिए […]

प्रधानन्यायाधीशले पेशी तोकेपछि सर्वोच्चका न्यायाधीश छलफलमा

काठमाडौँ – विवादास्पद बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको पेशीअनुसारको इजलासमा बस्ने नबस्नेबारे न्यायाधीशहरु छलफलमा जुटेका छन्। सर्वोच्चका १४ न्यायाधीशले आइतबार प्रधानन्यायाधीशले बोलाएको फुल कोर्ट बहिष्कार गर्ने बताएका थिए। यस्तै उनीहरुले प्रधानन्यायाधीश राणाले तोकेको पेशीअनुसारको इजलासमा पनि नबस्ने संकेत गरेका थिए। सोमबार प्रधानन्यायाधीशसहित १३ जना न्यायाधीश सर्वोच्च अदालतमा उपस्थित भएका छन्। नियमित जस्तै प्रधानन्यायाधीश राणाले पेशी […]

अदालतमा मंगलबारदेखि गोलाप्रथाबाट पेशी

काठमाडौँ – सर्वोच्च र यस मातहतका अदालतहरुमा मंगलबारदेखि नै गोलाप्रथामा सुनुवाइको पेशी तोकिने भएको छ। नेपाल बार एसोसियसनका केन्द्रीय पदाधिकारीहरुसँगको आइतबार भएको भेटवार्तामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मंगलबारदेखि नै गोलाप्रथाबाट सुनुवाइको पेशी तोकिने बताएका हुन्। भेटमा सहभागी नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश राणाले पर्सिबाट गोलाप्रथा र मङ्सिरबाट अटोमेसनमा जाने वचन दिएको जानकारी दिए। विवादास्पद बनेको […]

गोलाबाट पेशी तोक्न प्रधानन्यायाधीश सहमत, सोमबार फूलकोर्ट बैठक डाकियो

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालतको दैनिक पेशी गोलाप्रथाका आधारमा तोक्न सहमत भएका छन् । सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीश जबराबीच आइतबार भएको छलफलमा जबराले मंगलबार अदालतको फूलकोर्ट बैठक बोलाउने सहमति जनाएका छन् ।नेपाल बार र सर्वोच्च अदालतबीच विवाद बढ्दै गएपछि आइतबार बारका प्रतिनिधिहरुले प्रधानन्यायाधीश जबरासँग भेट गरेका हुन् । भेटमा जबराले न्यायालयको सुधारका लागि आफू प्रतिवद्ध रहेको बताएका छन् । बारले २०७७ श्रावण २५ मै न्यायालय सुधारका लागि अनुरोध गरेको थियो । प्रधानन्य

न्यायालयमा विकृति : पटक-पटक प्रतिवेदन तयार हुन्छ कार्यान्वयन हुँदैन

१९ साउन, काठमाडौं । न्यायालयको विकृति/विसंगतिबारे अध्ययन गर्न गठन भएको समितिले प्रतिवेदन पेश गरेको दुई दिनपछि गएको आइतबार सर्वोच्च अदालतले एक सूचना निकाल्यो । र स्वचालित पेशी सूची निकाल्ने तयारी पूरा नहुँदासम्म गोलाप्रथाबाट पेशी तोक्न भनेर देशभरका जिल्ला र उच्च अदालतहरूमा परिपत्र गर्‍यो । तर सर्वोच्च अदालतमा त्यो प्रणाली कहिलेदेखि लागू हुने हो, विज्ञप्तिमा केही […]