न्यायपरिषदद्वारा उच्च अदालतको न्यायाधीशबाट बर्खास्त गरिएकी रेणुका साहले दायर गरेको मुद्दा आइतबार पेशीमा चढेपनि हेर्न नभ्याइने सूचीमा परेको छ । न्यायाधीश नकुल सुवेदीको इजलासमा सुनुवाइ तोकिएको मुद्दा ‘बेन्च बस्न नभ्याइएको’ भनेर स्थगित भएको हो । सुवेदीको एकल इजलासमा परेका सबै मुद्दा हेरिएन भने संयुक्त इजलास मात्रै बस्यो । बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी उनको मुद्दा आइतबारका लागि पेशी तोकिएकामा सुवेदीको इजलासमा परेको थियो । साहले कामु प्रधानन्यायाधीश, कानुन मन्त्री