आइजिपी नियुक्ति विरुद्ध परेको रिटको पेशी बुधबार

काठमाडौं : नेपाल प्रहरीमा महानिरीक्षक (आइजिपी) नियुक्ति विरुद्ध परेको रिटको पेशी पर्सि (बुधबार) का लागि तोकिएको छ। सर्वोच्च अदालतमा केही बेरअघि दर्ता भएको रिटमा २१ गतेका लागि पेशी तोकिएको अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।सरकारले धीरजप्रताप सिंहलाई प्रहरीको आइजिपी नियुक्त गरेपछि निर्णय बदरको मागसहित एआइजी विश्वराज पोखरेलले रिट निवेदन पेश गरेका थिए। वरिष्ठता र ज्येष्ठता मिचेर आइजिपी नियुक्त गरेको भन्दै पोखरेलले सर्वोच्चसँग अन्तरिम आदेश मागेका छन्।मन्त्रिप

सम्बन्धित सामग्री

विश्वराज पोखरेलसहित प्रहरी बढुवा र नियुक्ति विवादका सबै रिट खारेज

आइजिपीमा धिरजप्रताप सिंह कायमै नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्ति र अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका विषयमा परेका सबै रिट खारेज भएका छन् । यससँगै आइजिपीमा धिरजप्रताप सिंह कायमै रहने भएका छन् ।  कायममुकायम प्रधानन्यायाधीश दीपककुमार...

आइजिपी नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौँ । आइजिपी नियुक्ति विरुद्धको मुद्दा आज (आइतबार) पनि हेर्दाहेर्दैमा राखिएको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा असार २६ गतेका लागि हेर्दाहेर्दैमा राखिएको हो । आइतबार धीरजप्रताप सिंह तर्फका १८ जना वकिलहरूले बहस गरेका छन् । आगामी २६ गते विश्वराजका तर्फका वकिलहरूले जवाफ दिनेछन् । त्यसपछि फैसला हुनेछ ।

आईजीपी नियुक्ति विवादको सुनुवाई हुँदै

नेपाल प्रहरीको आईजीपी नियुक्ति बिरुद्धको रिटमा आजबाट चौथो सुनुवाई हुँदैछ । का.मु. प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्धाको सुनुवाई हुन लागेको हो । का.मु. प्रधानन्यायाधीश कार्की नेतृत्वको इजलासमा...

आइजिपी नियुक्ति विवादको सुनुवाइ जेठ ३० लागि सर्यो

काठमाडौँ – प्रहरी महानिरिक्षक (आइजिपी) नियुक्ति विवादको सुनुवाई जेठ ३० गतेसम्मका लागि सरेको छ। आफूभन्दा कनिष्ठलाई आइजिपी नियुक्त गरेको भन्दै एआइजी विश्वराज पोखरेलले सरकार र आइजिपी धिरजप्रताप सिंहविरुद्ध दायर गरेको रिटको छुट्टै सुनुवाइ गर्न सर्वोच्चले आलटाल गरेको हो। गत वैशाख १८ गते सरकारले पहिलो नम्बरका एआइजी पोखरेललाई पन्छाउँदै सिंहलाई प्रहरी महानिरक्षक नियुक्त गरेको थियो। नियुक्तिका […]

आइजिपी प्रकरणको मुद्दा आज सुनुवाइ हुँदै

सर्वोच्चलाई गृहको जवाफ– आइजिपी नियुक्ति सरकारको विशिष्ट अधिकार प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध परेको रिटमा मंगलबारदेखि सर्वाेच्च अदालतमा पूर्ण सुनुवाइ हुने भएको छ । धीरजप्रताप सिंहलाई आइजिपी नियुक्त गर्ने निर्णयविरुद्ध एआइजी विश्वराज पोखरेलले दायर...

आइजिपी नियुक्तिविरुद्धको रिट : सर्वोच्चले दिएन अन्तरिम आदेश

नेपाल प्रहरीको आइजिपी नियुक्ति बदरको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निवेदक एआइजी विश्वराज पोखरेल पक्षका कानुन व्यवसायीले बिहीबार गरेको जवाफी बहस सुनेपछि न्यायाधीश...

आइजिपी नियुक्ति मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्ति विरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा बुधबार र बिहीबारको सुनुवाइपछि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।अदालतले कारण देखाउ आदेश जारी गर्दै सरकारसँग लिखित जवाफ माग गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । उनका अनुसार अब मुद्दाको पूर्ण सुनुवाइ १७ जेठलाई तोकिएको छ।धीरजप्रताप सिंहलाई आइजिपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआ

आइजिपी नियुक्ति विवादमा मुद्दाको सूचना नहुँदै सुनुवाइमा पुग्यो सरकारी पक्ष

काठमाडौँ । प्रहरी महानिरीक्षक नियुक्ति विवादमा रिट निवेदनको औपचारिक जानकारी नहुँदै महान्यायाधिवक्ता कार्यालयले प्रतिरक्षा गर्ने भएको छ । बुधबार उक्त मुद्दामा प्रारम्भिक सुनुवाइकै क्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित केही सरकारी वकिलले ‘छलफलमा सरिक हुन पाउँ’ भनी इजलासमा निवेदन दिएका हुन् । सामान्यतया: कानुनी उपचारका लागि अदालत जाने पक्षले सुरुमा आफ्नो मात्रै भनाइ राख्ने चलन हुन्छ । […]

आइजिपी नियुक्ति विरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आईजिपी) मा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ। एआईजी विश्वराज पोखरेलले वरियता मिचेर कनिष्ठलाई बढुवा गरेको भन्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। न्यायाधीश पुष्पलता माथेमाको एकल इजलासमा रिटमाथि बुधबार प्रारम्भिक सुनुवाई सुरु भएको हो। बहस नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको हो। पोखरेलले वरियता मिचेर गरिएको बढुवा बदर गर्न र न्याय निरुपण नभएसम्म आफूलाई कायममुकायम महानिरी

आइजिपी नियुक्ति बदर गर्न मागसहित सिनियर एआईजीहरू सर्वोच्चमा

काठमाडौँ । वरिष्ठता मिचेर १६ महिना जुनियरलाई आइजिपी बनाउने सरकारको निर्णय बदरको मागसहित सिनियर एआईजी विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत गएका छन् । आफ्नोतर्फबाट रिट निवेदन सर्वोच्चमा गइसकेको र दर्ता प्रक्रियामा रहेको एआईजी पोखरेलले बताए । सहकुल थापाको तर्फबाट पनि रिट दायर हुने भएको छ । वरिष्ठता मिचिएको सन्दर्भमा सर्वोच्च अदालतको यसअघिको फैसला […]