काँग्रेस कैलाली सभापतिमा बडुवालको उम्मेदवारी

नेपाली काँग्रेस कैलाली जिल्ला सभापतिका लागि भीम बडुवालले उम्मेदवारी घोषणा गरेका छन् । बुधबार कैलालीमा  पत्रकार सम्मेलन गरी बडुवालले सभापतिका लागि आफनो उम्मेदवारी घोषणा गरेका हुन् ।  काँग्रेस कैलालीलाई ‘हाम्रो र राम्रो’ बनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए । उनले लोकतन्त्रको संस्थागत विकास गर्दै आउने चुनावमा कैलालीका ५ वटै निर्वाचन क्षेत्रबाट काँग्रेसलाई जिताउन लागिपर्ने समेत बताए । बडुवाल नेपाली काँग्रेस संस्थापन पक्षका हुन् । अधिवेशन माघ १५ गते हुँदैछ ।  

सम्बन्धित सामग्री

कैलाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि  मतदान हुँदैछ । धनगढीको कभर्डहलमा मतदान सुरु हुने बताइएको छ ।नयाँ नेतृत्व चयनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीन जनाले आआफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि तीन प्यानल बनेका छन् । निवर्तमान उपसभापति प्रकाशबहादुर बम र पूर्वउपसभापति नारायणदत्त भट्टले सभापतिमा उम्मेदवारी दिएका छन् । यसअघि सभापतिमा उम्मेदवारी घोषणा गरेका भीम बडुवालले भट्ट नेतृत्वको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका

कैलाली काँग्रेसको नेतृत्वका लागि तीन जनाबाट प्यानलसहित मनोनयन

धनगढी- नेपाली काँग्रेस कैलालीको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि तीन जनाले प्यानलसहित उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । काँग्रेस कैलालीको नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट दुई समूह र शेखर कोइराला पक्षबाट एक गरी तीन समूहले प्यानलसहित उम्मेदवारी दर्ता गएका छन् । संस्थापन पक्षबाटै सभापतिमा दाबी गरेका भीम बडुवालले भने उपसभापतिमा उम्मेदवारी दिएका छन् । […]

काँग्रेस कैलाली अधिवेशन : बम र भट्टबीच मुख्य प्रतिस्पर्धा

नेपाली काँग्रेसको कैलाली जिल्ला अधिवेशनमा प्रकाशबहादुर बम र  नारायण दत्त भट्टबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।  आइतबार हुने जिल्ला अधिवेशनमा जिल्ला सभापतिका लागि उनीहरुबीच प्रतिस्पर्धा हुन लागेको हो । प्रतिस्पर्धी भट्ट र बम दुबै सभापति देउवा पक्षधर हुन् ।  अन्य चार जनाले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेपनि मुख्य प्रतिस्पर्धा बम र भट्टबीच हुने देखिएको छ । बम र भट्टले शनिबार मनोनयन दर्ता गरेको काँग्रेस कैलाली अधिवेशन प्रचार प्रसार प्रमुख नृप सुनारले

कैलाली क्षेत्र नं ४ बाट रोकाया क्षेत्रीय सभापतिमा निर्वाचित

नेपाली काँग्रेस कैलाली क्षेत्र नं ४ बाट वसन्त रोकाया ललित क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । उनले सभापतिका अर्का उम्मेदवार दिनेशराज जोशीलाई ४८ मतान्तरले हराएका हुन् ।सभापति मा रोकायाले २७९ मत पाएका छन् भने  जोशीले २३१ मत पाएको प्रचार प्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए  । समितिको पदाधिकारीमा सबै रोकाया प्यानल कै उम्मेदवारी विजयी भएको उनले बताए। क्षेत्रीय सचिवमा रोकाया प्यानल कै जयराज फुलारा २७२  र विष्णु प्रसाद भाट २८४  निर्वाचित भएका छन् ।यस्तै सह –सचिवम