गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट खसेर बेपत्ता भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयबाट गठित छानबिन समिति सोमवार राति डडेल्धुरा बास बसी दार्चुलाका लागि प्रस्थान गरेको जानकारी दिएका छन् ।
मंगलवारको प्रतिनिधिसभा बैठकमा घटनाबारे जानकारी गराउँदै मन्त्री खाँणले भने, ‘साउन १८ गते राति डडेल्धुरा वास बसी आज दार्चुलाको खलंगाका लागि प्रस्थान गरिसक्नुभएको छ ।’
साउन १७ गते गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा ५ जनाको छानबिन समिति गठन गरिएको र १० दिनमा प्रतिवेद...