उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब जनतालाई कोरोनाबाट मुक्त गर्न सरकारले ध्यान केन्द्रीत गर्ने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा आज उपप्रधानमन्त्री पदमा पुनः पदभार ग्रहण गर्दै उनले सरकारको सम्पूर्ण ध्यान अब कोरोना संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रीत हुने बताए । ‘अब हामी कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालहरूको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्द्रीत हुन्छौं’– सिसिएमसीका संयोजक समेत रहेक