ओलम्पिक : टेनिसमा तेस्रो चरणबाटै बाहिरिइन् नाओमी ओसाका

जापानको राजधानी टोक्योमा चलिरहेको ग्रीष्मकालीन ओलम्पिकमा टेनिस खेलमा मंगलवार जापानी खेलाडी नाओमी ओसाका तेस्रो चरणबाट बाहिरिएकी छन् ।  चेक गणतन्त्रकी खेलाडी मार्केटा भोन्द्रोउसोवासँग ६–१ ६–४ को सोझो सेटमा पराजित भई ओसाका प्रतियोगिताबाट बाहिरिएकी हुन् ।  जापानी मूलकी खेलाडी ओसाकाले आफ्नो देशमा भइरहेको ओलम्पिकमा देशलाई पदक दिलाउने आशा धेरैले गरेका थिए । ओलम्पिकको मशाल जलाउने जिम्मेवारी पनि उनैलाई दिइएको थियो ।  तर मानसिक अवसादका कारण यस वर्ष ओसाकाले उच्चस्तरीय प्रदर्शन गर्न सकेकी छै...

सम्बन्धित सामग्री

विश्व नम्बर २ टेनिस स्टार ओसाका बाहिरिइन्

काठमाडाैं : टोकियो ओलम्पिकमा विश्व नम्बर २ जापानी टेनिस स्टार नाओमी ओसाका प्रतियोगिताबाट बाहिरिएकी छन्।टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला एकल तर्फको स्पर्धामा तेस्रो चरणबाट ओसाका बाहिरिएकी हुन्। उनी चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोसोभासँग पराजित भइन्।विश्व वरीयतामा ४२औं स्थानमा रहेकी मार्केटाले दोस्रो वरीयताकी ओसाकालाई ६-१,  ६-४ को सोझो सेटमा हराएकी हुन्। हारसँगै स्वेदशी भूमिमै टोकियो ओलम्पिक २०२० मा स्वर्ण पदक जित्ने ओसाकाको सपना समाप्त भएको छ।टोकियो ओलम्पिकको उद्घाटन समारोहमा 'ओलम्पिक

टोकियो ओलम्पिक : जापानकी स्टार खेलाडी नाओमी ओसाका पराजित

जापानकी स्टार टेनिस खेलाडी नाओमी ओसाका टोकियो ओलम्पिकबाट बाहिरिएकी छिन्। विश्व नम्बर दुई ‌ओसाकालाई तेस्रो चरणको खेलमा चेक गणतन्त्रकी मार्केटा वोन्द्रूसोवाले ६-१ र ६-४ ले पराजित गरेकी हुन्।

टोकियो ओलम्पिक : अगाडि बढ्दै ओसाका

जापानी टेनिस स्टार नाओमी ओसाका फ्रेन्च ओपनको दोस्रो चरणबाट नाम फिर्ता लिएर स्वदेश फर्किएपछि विवादमा आएकी थिइन् । टोकियो ओलम्पिकको उद्घाटन समारोहमा ‘ओलम्पिक फ्लेम’ प्रज्वलन गरेकी उनले त्यसयता कोर्टमा पुनरागमन गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् । उनले सोमबार दोस्रो चरणसहजै पार गरिन् ।

टोक्यो ओलम्पिक औपचारिक रुपमा सुरु(फोटोफिचर)

जापानकी नाओमी ओसाकाले ओलम्पिक ‘ज्योती’ बाल्नुभएको छ । नाओमी ओसाका टेनिस खेलाडी हुनुहुन्छ । उहाँले चार पटक ग्रान्ड स्लामको उपाधि जित्नुभएको छ । ओसाकाले ओलम्पिक दीप प्रज्जवलन गरेपछि जापानका सम्राटले ओलम्पिक खेलकूद सुरु भएको घोषणा गर्नुभयो । जापानको टोक्योमा सम्राट नरुहितोले ओलम्पिक खेलकूद सुरु भएको घोषणा गर्नुभयो । त्यसअघि, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बाकले आजको दिन आशाको क्षण रहेको बताउनुभयो । यो ३२ औं ग्रीष्मकालीन ओलम्पिक हो । त्यसअघि, नेपाली ओलम्पियनले उद्घाटन समारोहमा नेपालको झण्डा फहराएका थिए । पौडीबाज गौरिका सिंहसहितको नेपाली ओलम्पियन तथा अधिकारीहरुको टोलिले नेपालको झण्डा बोकेर रङशालामा मार्च पास गरेका थिए । टोक्यो ओलम्पिक २०२० मा नेपालबाट पाँच जना खेलाडीले पाँच बिधामा स्पर्धा गर्दैछन् । गौरिका सिंह पौडी, कल्पना परियार शूटिङग, सरस्वती चौधरी एथलेटिक्स, एलेक्स शाह पौडी र सोनिया भट्ट जुडोमा स्पर्धा गर्नेछन् । ओलम्पिकको पहिलो दिनको खेलमा आर्चरी, फेन्सिङ्ग, जुडो, शूटिङ, त्वेक्वान्दो र भारत्तोलन विधा तर्फ स्वर्ण पदकको छिनोफानो हुनेछ ।