टोकियो ओलम्पिक : जापानकी स्टार खेलाडी नाओमी ओसाका पराजित
जापानकी स्टार टेनिस खेलाडी नाओमी ओसाका टोकियो ओलम्पिकबाट बाहिरिएकी छिन्।
विश्व नम्बर दुई ओसाकालाई तेस्रो चरणको खेलमा चेक गणतन्त्रकी मार्केटा वोन्द्रूसोवाले ६-१ र ६-४ ले पराजित गरेकी हुन्।
काठमाडाैं : टोकियो ओलम्पिकमा विश्व नम्बर २ जापानी टेनिस स्टार नाओमी ओसाका प्रतियोगिताबाट बाहिरिएकी छन्।टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला एकल तर्फको स्पर्धामा तेस्रो चरणबाट ओसाका बाहिरिएकी हुन्। उनी चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोसोभासँग पराजित भइन्।विश्व वरीयतामा ४२औं स्थानमा रहेकी मार्केटाले दोस्रो वरीयताकी ओसाकालाई ६-१, ६-४ को सोझो सेटमा हराएकी हुन्। हारसँगै स्वेदशी भूमिमै टोकियो ओलम्पिक २०२० मा स्वर्ण पदक जित्ने ओसाकाको सपना समाप्त भएको छ।टोकियो ओलम्पिकको उद्घाटन समारोहमा 'ओलम्पिक
जापानी टेनिस स्टार नाओमी ओसाका फ्रेन्च ओपनको दोस्रो चरणबाट नाम फिर्ता लिएर स्वदेश फर्किएपछि विवादमा आएकी थिइन् । टोकियो ओलम्पिकको उद्घाटन समारोहमा ‘ओलम्पिक फ्लेम’ प्रज्वलन गरेकी उनले त्यसयता कोर्टमा पुनरागमन गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् । उनले सोमबार दोस्रो चरणसहजै पार गरिन् ।