सल्लाघारी तीनकुनेबाट भक्तपुरतर्फ लागेपछि दूधपाटी, ब्यासी हुँदै कमल विनायक नपुग्दैको अलि उकालो बाटो काटेपछि मूल बाटो पूर्वतर्फ नगइ पश्चिमतर्फ लागेपछि आइपुग्छ महालक्ष्मी मन्दिर । भक्तपुर वडा नं १० मा महालक्ष्मी मन्दिरको आडैमा रहेको छ महालक्ष्मी फल्चा ।
वर्ष ६५ का बाबुकाजी अवाले ढाकाटोपी लगाएर महालक्ष्मी फल्चामा आफ्ना छिमेकी तथा साथीभाइसँग रमाइलो गफिँदै हुनुहुन्छ । ‘घरमा के एक्लै बसिरहनु भनेर यहाँ फल्चामा आएको’ अवाले भन्नुहुन्छ, ‘घरमा एक्लै बस्दा मनमा अनेक कुरा आउँछन् । यहाँ आए सबैसँग भेट पनि हुन्छ अनि...