करिब २०८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुनर्निर्माण गरिएको छ । विभिन्न मुद्दा मामिलाका कारण पुनर्निर्माणको काम अघि बढाउन नसकिएको ललितपुरको पुलचोकमा रहेको सो पार्टीको शनिबार बिहान उद्घाटन गरिएको हो । २०६५ सालमा सर्वोच्च अदालतले पुनर्निर्माणको काम गर्न आदेश दिँदा पनि बन्न नसकेको सो सम्पदाको पुनर्निर्माणको हाल आएर सम्पन्न गर्न पाएकोमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले खुसी व्यक्त गरे । उनले भने, ‘२०८ वर्ष पुरानो समय फल्चा पाटी ज्यादै महत्त्वको रूप