भारतमा नयाँ निर्देशिकासहित चौथो चरणको लकडाउन १४ दिन थप

कोभिड–१९ को उच्च सङ्क्रमणका बीच भारतले चौथो पटक लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आईतबार सम्पन्न हुन लागेको तेस्रो चरणको लकडाउनलाई लम्ब्याउँदै भारतले केही शर्तसहित मई ३१ सम्मका लागि १४ दिन थप्ने घोषणा गरेको हो ।

सम्बन्धित सामग्री

७५ देशमा फैलिसकेको मङ्कीपक्स भारतमा पनि देखियो

विश्वभर झण्डै ७५ देशमा फैलिसकेको मङ्कीपक्स भाइरस भारतमा पनि देखिएको छ । जुलाई १४ मा, केरलाको कोल्लम जिल्लामा भारतको पहिलो मङ्कीपक्स केस पहिचान भएको छ । सङ्क्रमण पहिचान भएको व्यक्ति भर्खरै युएईबाट केरला फर्केका थिए । हालसम्म विश्वमा ११ हजारभन्दा बढी मङ्कीपक्स पाइएको छ । सङ्क्रमितको ८० प्रतिशत हिस्सा युरोपमा मात्र पहिचान भएका छन् । मङ्कीपक्स भाइरसको इन्क्युबेशन अवधि (सङ्क्रमणदेखि लक्षण देखा पर्ने अवधि) सामान्यतया ७–१४ दिन हुन्छ, तर केहीमा भने भाइरस शरीरमा प्रवेश गरेको २१ दिनपछि पनि

छिमेकि मुलुक भारतमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

छिमेकि मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । भारतको कर्नाटका राज्यमा २ जनामा ओमिक्रोन देखिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।४६ वर्षीय पुरुष र ६६ वर्षीय पुरुषमा नयाँ भेरियन्ट देखिएका त्यहाको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै भारतीय संचार माध्यमहरुले समाचार प्रकाशन गरेका छन् । भारतीय संचार मन्त्रालयले हालसम्म २९ देशमा नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको उल्लेख गरेको छ । यो भेरियन्ट हालसम्म कै खतरनाक रहेको बताइएको छ । यो नयाँ भेरिएन्ट फैलने डरले विश्वका अधिकांश देशहरुले यात्रामाथि प्रतिबन्ध लगाएका छन्। अधिकांश देशहरुले हवाई तथा स्थल यात्रामाथि प्रतिबन्धको घोषणा समेत गरिसकेका छन्। बेलायत, जापान, अष्ट्रेलिया लगायतका देशहरुले अन्तराष्ट्रिय उडानमाथि प्रतिबन्ध लगाउदै आवतजावत ठप्प पारिसकेका छन् भने अन्य देशहरुले पनि यहि शैली पछ्याउने क्रममा छन्। छिमेकि मुलुक भारतमा अन्तराष्ट्रिय उडान यहि १५ डिसेम्बरबाट सुरु हुँदै थियो तर उक्त उडान खुलाउने मिति समेत अर्को घोषणा नहुँदासम्मको लागि स्थगित गरिएको छ। नेपालमा के छ ?स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले उक्त भाइरसको नयाँ प्रकारबारे आफूहरूले सूक्ष्म निगरानी गरिरहेको बताएका छन्।उनीहरूका अनुसार पहिलेदेखि नै भाइरसका नयाँ भेरिअन्टहरू आउँछन् कि भनेर सतर्कताका साथ हेरिएको र निगरानी गरिएको अवस्था थियो।नयाँ भेरिअन्ट भेटिएपछि त्यो नेपालमा आएको छ कि भनेर थप सतर्कता अपनाइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। 'अहिले हामीले स्थल र हवाई मार्गबाट भित्रिने व्यक्तिबारे सरकारले लिनुपर्ने सावधानीबारे हामीले प्राविधिक विश्लेषण गरिरहेका छौँ,' उनले भने।उनका अनुसार सबै नाकामा रहेका हेल्थ डेस्कलाई विशेष सावधानी अपनाउन निर्देशन दिइसकिएको छ। त्यस्तै ४८ घण्टाभित्र गरिएको पीसीआर परीक्षणमा सङ्क्रमण नदेखिएका व्यक्तिलाई मात्र यात्रा अनुमति दिइएको तथा पूर्ण मात्रा खोप नलगाएकालाई अनिवार्य क्वारन्टीनको व्यवस्था गरिएको अधिकारीले बताए।खोप लगाएका व्यक्तिहरूले नेपाल आउँदा घरैमा क्वारन्टीन बस्न पाउने तर नलगाएकाहरूले आफ्नै खर्चमा होटलमा १४ दिन क्वारन्टीन बस्नुपर्ने व्यवस्था गरिएको उनी बताउँछन्।त्यस्तै नेपाल भित्रिएपछि गरिएको परीक्षणमा कोरोनाभाइरस पुष्टि भएमा त्यसको जीन सीक्वन्सिङ गराइने उनले बताए। सहप्रवक्ता डा. अधिकारीका अनुसार नेपालमा पछिल्लो समय ठूलो मात्रामा नमुना लिएर जीन सीक्वन्सिङको काम भइरहेको छ।पहिले भाइरसका उत्परिवर्तित भेरिअन्टहरूको पहिचानका लागि विश्व स्वास्थ्य सङ्गठनको प्रयोगशालामा नमुना पठाइने गरिएको थियो।तर अहिले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै कोरोनाभाइरसको आनुवंशिक पहिचान गर्न सकिने अधिकारीहरूले बताएका छन्। अधिकारीले भने, 'अहिले पछिल्लो समयलाई मध्यनजर गरेर हामीले ठूलो सङ्ख्यामा नमुनाहरू विभिन्न ठाउँहरूमा पठाएर, हाम्रै स्थानीय प्रयोगशालामा पनि परीक्षण गर्ने कामहरू अगाडि बढाएका छौँ।''अहिलेसम्म पुष्टि भएका हिसाबले हामीकहाँ जुन दोस्रो लहरमा सङ्क्रमण गराएको सक्रिय भाइरस त्यही नै देखिन्छ। नयाँ भाइरस हामीकहाँ अहिलेसम्म पुष्टि भएको अवस्था छैन।'डा. अधकारीले नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट फेला परेको पुष्टि हुनेबित्तिकै सार्वजनिक रूपमा जानकारी गराउने बताए। 'अहिले त्यो भाइरस हुन सक्ने, सङ्क्रमण आउन सक्ने सम्भावनालाई उच्च सतर्कताका साथ लिएर हामीले लिनुपर्ने सावधानीहरू जनस्वास्थ्यका मापदण्डहरू...यी सबै कुराहरूलाई हामीले सँगै लिएर जानुपर्नेछ,' अधिकारीले भने।

कोरोना भाईरसको नयाँ भेरिएन्ट 'ओमिक्रोन' २५ देशमा देखियो (सूचीसहित)

कोरोना भाईरसको नयाँ भेरिएन्ट 'ओमिक्रोन' २ दर्जन बढी देशमा देखिएको छ । सिएनएनका अनुसार हालसम्म विश्वका २५ देशमा यो नयाँ भेरिएन्ट देखिएको हो । सिएनएनका अनुसार अष्ट्रेलिया, अष्ट्रिया,, बेल्जियम, बोत्स्वाना, ब्राजिल, क्यानडा, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, हंगकंग, इजरायल, इटाली, जापान, नेदरल्याण्ड, नाइजेरिया, नर्वे, पोर्चुगल, साउदी अरेबिया, साउथ अफ्रीका, साउथ कोरिया, स्पेन, स्वीडेन, युके र अमेरिकामा यो नयाँ भेरिएन्ट देखिएको छ  । यो नयाँ भेरिएन्ट फैलने डरले विश्वका अधिकांश देशहरुले यात्रामाथि प्रतिबन्ध लगाएका छन्। अधिकांश देशहरुले हवाई तथा स्थल यात्रामाथि प्रतिबन्धको घोषणा समेत गरिसकेका छन्। बेलायत, जापान, अष्ट्रेलिया लगायतका देशहरुले अन्तराष्ट्रिय उडानमाथि प्रतिबन्ध लगाउदै आवतजावत ठप्प पारिसकेका छन् भने अन्य देशहरुले पनि यहि शैली पछ्याउने क्रममा छन्। छिमेकि मुलुक भारतमा अन्तराष्ट्रिय उडान यहि १५ डिसेम्बरबाट सुरु हुँदै थियो तर उक्त उडान खुलाउने मिति समेत अर्को घोषणा नहुँदासम्मको लागि स्थगित गरिएको छ। नेपालमा के छ ?स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले उक्त भाइरसको नयाँ प्रकारबारे आफूहरूले सूक्ष्म निगरानी गरिरहेको बताएका छन्।उनीहरूका अनुसार पहिलेदेखि नै भाइरसका नयाँ भेरिअन्टहरू आउँछन् कि भनेर सतर्कताका साथ हेरिएको र निगरानी गरिएको अवस्था थियो।नयाँ भेरिअन्ट भेटिएपछि त्यो नेपालमा आएको छ कि भनेर थप सतर्कता अपनाइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। 'अहिले हामीले स्थल र हवाई मार्गबाट भित्रिने व्यक्तिबारे सरकारले लिनुपर्ने सावधानीबारे हामीले प्राविधिक विश्लेषण गरिरहेका छौँ,' उनले भने।उनका अनुसार सबै नाकामा रहेका हेल्थ डेस्कलाई विशेष सावधानी अपनाउन निर्देशन दिइसकिएको छ। त्यस्तै ४८ घण्टाभित्र गरिएको पीसीआर परीक्षणमा सङ्क्रमण नदेखिएका व्यक्तिलाई मात्र यात्रा अनुमति दिइएको तथा पूर्ण मात्रा खोप नलगाएकालाई अनिवार्य क्वारन्टीनको व्यवस्था गरिएको अधिकारीले बताए।खोप लगाएका व्यक्तिहरूले नेपाल आउँदा घरैमा क्वारन्टीन बस्न पाउने तर नलगाएकाहरूले आफ्नै खर्चमा होटलमा १४ दिन क्वारन्टीन बस्नुपर्ने व्यवस्था गरिएको उनी बताउँछन्।त्यस्तै नेपाल भित्रिएपछि गरिएको परीक्षणमा कोरोनाभाइरस पुष्टि भएमा त्यसको जीन सीक्वन्सिङ गराइने उनले बताए। सहप्रवक्ता डा. अधिकारीका अनुसार नेपालमा पछिल्लो समय ठूलो मात्रामा नमुना लिएर जीन सीक्वन्सिङको काम भइरहेको छ।पहिले भाइरसका उत्परिवर्तित भेरिअन्टहरूको पहिचानका लागि विश्व स्वास्थ्य सङ्गठनको प्रयोगशालामा नमुना पठाइने गरिएको थियो।तर अहिले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै कोरोनाभाइरसको आनुवंशिक पहिचान गर्न सकिने अधिकारीहरूले बताएका छन्। अधिकारीले भने, 'अहिले पछिल्लो समयलाई मध्यनजर गरेर हामीले ठूलो सङ्ख्यामा नमुनाहरू विभिन्न ठाउँहरूमा पठाएर, हाम्रै स्थानीय प्रयोगशालामा पनि परीक्षण गर्ने कामहरू अगाडि बढाएका छौँ।''अहिलेसम्म पुष्टि भएका हिसाबले हामीकहाँ जुन दोस्रो लहरमा सङ्क्रमण गराएको सक्रिय भाइरस त्यही नै देखिन्छ। नयाँ भाइरस हामीकहाँ अहिलेसम्म पुष्टि भएको अवस्था छैन।'डा. अधकारीले नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट फेला परेको पुष्टि हुनेबित्तिकै सार्वजनिक रूपमा जानकारी गराउने बताए। 'अहिले त्यो भाइरस हुन सक्ने, सङ्क्रमण आउन सक्ने सम्भावनालाई उच्च सतर्कताका साथ लिएर हामीले लिनुपर्ने सावधानीहरू जनस्वास्थ्यका मापदण्डहरू...यी सबै कुराहरूलाई हामीले सँगै लिएर जानुपर्नेछ,' अधिकारीले भने।

अस्ट्रेलिया फर्के ५ वर्ष जेल

अस्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिक स्वदेश फर्किएमा ५ वर्ष जेल सजाय र ६६ हजार अस्ट्रेलियन डलरसम्म जरिवाना गर्ने भएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेका कारण कम्तीमा १४ दिन भारतमा बसेको कुनै पनि व्यक्ति अस्ट्रेलिया आए उक्त सजाय गरिने अस्ट्रेलियाली स्वास्थ्यमन्त्री ग्रेग हन्टले बताएका छन् ।

अस्ट्रेलिया फर्के ५ वर्ष जेल

अस्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिक स्वदेश फर्किएमा ५ वर्ष जेल सजाय र ६६ हजार अस्ट्रेलियन डलरसम्म जरिवाना गर्ने भएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेका कारण कम्तीमा १४ दिन भारतमा बसेको कुनै पनि व्यक्ति अस्ट्रेलिया आए उक्त सजाय गरिने अस्ट्रेलियाली स्वास्थ्यमन्त्री ग्रेग हन्टले बताएका छन् ।

भारतबाट अमेरिका र अष्ट्रेलिया आउन प्रतिबन्ध

वैशाख १८, वासिङटन डीसी (अमेरिका) । भारतबाट अमेरिका आउन अमेरिकी सरकारले प्रतिवन्ध लगाएको छ ।  भारतमा कोरोना भाइरसको महामारी तीव्र रूपमा फैलिएकाले त्यसको असर अमेरिकामा पनि पर्ने डरले भारतबाट आउनेहरूलाई अमेरिकामा प्रतिवन्ध लगाइएको हो ।  भारतबाट अमेरिका आउन प्रतिवन्ध लगाउनेसम्वन्धी निर्णयमा राष्ट्रपति जो वाइडेनले शुक्रबवर हस्ताक्षर गरेका हुन् । अमेरिकी नागरिकलाई भने रोक नलगाइएको, तर उनीहरु आएपछि कम्तीमा १४ दिन क्वारेन्टिइनमा बस्नु पर्ने व्यवस्था गरिएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । भारतबाट अमेरिका आउन प्रतिवन्ध लगाउने निर्णय मे ४ देखि लागू हुने र यो निर्णय अस्थायी भएको जानकारी दिइएको छ । अस्थायी भएपनि कहिलेसम्म लागू हुनेछ भन्ने अनिश्चित नै रहेको छ ।    भारतमा अहिले कोरोना भाइरसको महामारी अत्यधिक छ भने दैनिक लाखौँ संक्रमित हुने गरेका छन् । अरु हजारौंको मृत्यु हुने गरेको छ ।  भारतको महामारी सर्ने डरले अन्य देशहरूले पनि भारतबाट आवागमनका लागि प्रतिवन्ध लगाएका छन् ।  अष्ट्रेलियाले  उक्त आदेश नमान्नेलाई पाँच वर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको घोषणा गरेको छ । शनिवार घोषणा गरिएको यात्रा प्रतिवन्धसम्वन्धी निर्णयमा सरकारको निर्णय नमान्नेलाई जेल सजायको व्यवस्था गरिएको उल्लेख छ । कोरोना भाइरसको महामारी थप फैलिन नदिनका लागि भारतलगायतका कोरोना भाइरसबाट अति प्रभावित मुलुकबाट आउनेहरूलाई आउन नदिने निर्णय गर्नु परेको सरकारी अधिकारीहरूको भनाइ छ ।  भारतबाट अष्ट्रेलिया आउन नपाइनेसम्बन्धी सरकारी निर्णय कार्यान्वयन भने आगामी सोमवारदेखि मात्रै हुने जानकारी दिइएको छ ।    अत्यावश्यक परेर आएकाहरूलाई पनि कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । रासस/एएनआई/एएफपी

नेपालसहित ६ देशबाट कतार प्रवेश गर्नेलाई अनिवार्य क्वरेण्टीन

काठमाण्डौ – नेपालसहित ६ देशबाट कतार जानेले अनिवार्य क्वरेण्टीन बस्नेपर्ने भएकाे छ ।  कतार सरकारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान श्रीलङ्का र फिलिपिन्सबाट भोलिदेखि कतार प्रवेश गर्नेहरुलाई अनिवार्य क्वरेण्टीनको नियम लागु गरेको हो । पछिल्लो समय भारतमा देखा परेको कोरोनाको नयाँ भेरिएण्टका कारण सतर्कता अपनाउन कतारको जनस्वास्थ्य मन्त्रालयको सोमबार बसेको बैठकले अप्रिल २९ अर्थात भाेलिदेखि यो नियम लागु हुने जनाएको छ । यी देशबाट कतार प्रवेश गर्नेलाई १० दिन होटल क्वरेण्टीन वा १४ दिन मेकाइनिस क्वरेण्टीन बस्नुपर्ने...

सिमामा अलपत्र ४४६ नेपाली मजदुरको उद्दार

जारी लकडाउनका कारण सीमा नाका बन्द हुँदा अलपत्र साढे ४ सय नेपाली मजदुरको उद्धार गरिएको छ । भारतमा मजदुरी गरेर फर्किंदै गरेका कर्णालीका २ सय सहित अन्य प्रदेशका गरी भारतको नानपारामा अलपत्र ४ सय ४६ जनाको उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वय, कर्णाली प्रदेश सरकार तथा सम्बन्धीत सबै जिल्ला प्रशासनको समन्वयमा सिमामा अलपत्र मजदुरहरुको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् । करिब ४५ दिन देखि नानपारामा कष्टकर जीवन बिताइरहेका उनिहरुलाई नेपालगन्जबाट आरडिटि चेकजाँच गरेर शुक्रबार नै उद्धार गरिएको छ । नानपारामा अलपत्र परेका नेपाली मजदुरमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशका रहेका छन् । नेपाली एकता समाजको तथ्यांक अनुसार दैलेखका ३६, कालिकोटका ६, जुम्लाका २८ र सुर्खेतका ६ लगायत कर्णालीका २ सय जना कर्णालीका मजदुर सिमानामा अलपत्र थिए । त्यस्तै प्रदेश नं.१ को एकजना, प्रदेश नं.२ का हरिबहादुर नामका एकजना, प्रदेश नं. ३ का चित्र बहादुर तामाङ एकजना, प्रदेश नं. ४ का विष्णु पौडेल सहित ४ जना, प्रदेश नं. ५ का ४४ जना र ७ प्रदेश नं. ७ का नर बहादुर साहुद सहित ४ जना लगायत अन्य सबै गरी सिमामा अलपत्र साढे ४ सयको मजदुरको सबै प्रदेश सरकारले आफ्ना नागरिकलाई उद्धार गरेका छन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले सीमा नाकामा अलपत्र परेका नागरिकहरूलाई जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा प्रहरी स्कर्टिङ गरेर जिल्लामा ल्याउने काम भइरहेको बताइन् । जिल्लामा पुग्ने २८ जनालाई जिल्लास्तरीय क्वारेन्टाइन कर्णाली प्राविधिक शिक्षालयमा राख्ने तयारी भइरहेको छ । उद्धार गरी ल्याइएका हिमा गाउँपालिकाका २८ जना नागरिकको नाग्मदेखि प्रहरी स्कर्टिङबाटै क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । ११ सय १२ जना क्वारेन्टाइनबाट घर फर्किए कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि विगत चैत ११ गते यता देश लकडाउनमा छ । जारी लकडाउन बीच भारत तथा तेस्रो मुलुक र जिल्ला बाहिरबाट ११ हजार ३६ जना नागरिक जुम्लामा भित्रिएका छन् । जिल्लामा भित्रिएर क्वारेन्टाईन बसेका मध्ये हालसम्म एक हजार एक सय १२ जना १४ दिन पुरा गरी घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालयद्धारा नियमित सार्वजानिक हुने प्रतिबेदन अनुसार शुक्रबार सम्म एक हजार एक सय १२ जना जना घर फर्किएका हुन् । एक नगरपालिका र सात गाउँपालिकाले निर्माण गरेका चार सय ६ बेडको क्वारेन्टाईनमा अहिले ९ जना मात्रै बसेका छन् । जसमा तातोपानी गाउँपालिकाको क्वारेन्टाइनमा ६ जना र पातारासी गाउँपालिकाको क्वारेन्टाईनमा ३ जना गरी ९ जना मात्रै जुम्लामा क्वारेन्टाईनमा बसेको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले बताए । क्वारेन्टाईन बसी १४ दिन पुरा भएकाहरुको ¥यापिड डाइगोनोस्टिक टेष्ट गरेर रिपोर्ट नेगेटिभ आएपछि घर फर्काइएको जनस्वास्थ्य प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिए । जुम्लामा हालसम्म एक हजार दुई सय ६३ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण तथा दुई सय ६१ जनाको आरडिटी चेक गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । गएको आईतबार जुम्लामा मेडिकल मार्च नै संचालन गरी एकै दिन आठ सय ४९ जनाको स्वाब संकलन गरिएको थियो ।

भारतमा थप दुई हप्ता लकडाउन

भारतको गृह मन्त्रालयले लकडाउन दुई हप्ताका लागि थप गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण कम गर्न थप १४ दिन