काठमाण्डौ – नेपालसहित ६ देशबाट कतार जानेले अनिवार्य क्वरेण्टीन बस्नेपर्ने भएकाे छ ।
कतार सरकारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान श्रीलङ्का र फिलिपिन्सबाट भोलिदेखि कतार प्रवेश गर्नेहरुलाई अनिवार्य क्वरेण्टीनको नियम लागु गरेको हो । पछिल्लो समय भारतमा देखा परेको कोरोनाको नयाँ भेरिएण्टका कारण सतर्कता अपनाउन कतारको जनस्वास्थ्य मन्त्रालयको सोमबार बसेको बैठकले अप्रिल २९ अर्थात भाेलिदेखि यो नियम लागु हुने जनाएको छ ।
यी देशबाट कतार प्रवेश गर्नेलाई १० दिन होटल क्वरेण्टीन वा १४ दिन मेकाइनिस क्वरेण्टीन बस्नुपर्ने...