काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ८ महिनामा विभिन्न देशबाट नेपालमा एक करोड ६८ लाख ८९ हजार रुपैयाँ बराबरको पानको पान भित्रिएको छ। २०७७ साउन १ गतेदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त मुल्य बराबरको पानको पात नेपाल भित्रिएको हो। आठ महिनाको अवधिमा ९५ हजार ४५ केजी पानको पात नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।