रुसको आक्रमणपछि युक्रेन र विश्वमा कस्तो असर पर्दैछ ?

किभ । रुसी फौजले बिहीबारदेखि युक्रेनमाथि व्यापक रूपमा आक्रमण सुरु गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय आलोचना र प्रतिबन्धलाई बेवास्ता गर्दै युक्रेनमा आक्रमण सुरु गरेका हुन् । उनले अन्य मुलुकहरूलाई यस मामिलामा दखल दिएमा कहिल्यै नदेखेको परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएका छन् । युक्रेनको नेतृत्वले अहिलेसम्म कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ...

सम्बन्धित सामग्री

रुस–युक्रेन युद्धका कारण एसियाली अर्थतन्त्रमा व्यापक असर : आईएमएफ

रुस–युक्रेन युद्धका कारण एसियाली क्षेत्रको अर्थतन्त्रमा व्यापक असर परेको छ । व्यापार र वित्तीय बजारको अनिश्चितता र मुद्रास्फीतिको सन्दर्भमा व्यापक रूपमा असर गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ । एसियाको रुससँग त्यति धेरै बलियो व्यापार सम्बन्ध छैन । तर, युरोपसँग एसियाली बजारमा सम्बन्ध निकट छ । युरोपको समग्र बजारमा युक्रेन युद्धको प्रभाव देखिएको यसले एसियाली देशको बाह्य मागमा असर गरेको आईएमएफको एसिया तथा प्रशान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले बताउनुभयो । युद्धपछि खाद्यान्न तथा सामग्रीको मूल्यमा...

युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित छैन : भारत

युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित नरहेको भन्दै भारतले विशेषगरी विकासोन्मुख देशहरुमा खाद्यान्न, मल र इन्धन सुरक्षालाई लिएर चिन्ता बढाएको बताएको छ ।  सुरक्षा परिषद्लाई आश्वस्त पार्दै संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा काम्बोजले युक्रेन द्वन्द्वका कारण उत्पन्न आर्थिक कठिनाइलाई कम गर्न भारतले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने बताए ।‘भारतले अन्तर्राष्ट्रिय समुदाय र साझेदार देशहरूसँग यस द्वन्द्वबाट उत्पन्न हुने आर्थिक कठिनाइहरू कम गर्ने कार्यलाई जारी र

रुस-युक्रेन युद्धको असर कम गर्ने संयुक्त राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असरहरू घटाउने काममा लाग्न आग्रह गरेका छन् । उनले हाल विश्वमा रुस र युक्रेनको युद्धका कारण विभिन्न क्षेत्रमा असर परिरहेको छ । त्यसलाई कम गर्ने पक्षमा विश्वका नागरिकहरु लाग्नुपर्ने अवस्था रहेको उनले बताए ।उनले हाल यी दुई देशको युद्धका कारण खासगरी खाद्यान्न, इन्धन तथा वित्त प्रणाली पनि असर परिरहेको बताएका छन् । यी दुई देशको युद्धका कारण संसारका विभिन्न देशहरु र विशेषगरी विकासशील देशहरुमा यस्तो

रुस–युक्रेन द्वन्द्वको असर नेपाली चियामा

काठमाडौं । रुस–युक्रेन द्वन्द्वको असर नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा परेको छ । द्वन्द्वका कारण विगत ६ वर्षदेखि रुसमा हुँदै आएको नेपाली चियाको बजारमा ‘ब्रेक’ लागेको हो । नेपालबाट प्रत्येक वर्ष ३ लाख किलो अर्थोडक्स चिया रुस निर्यात हुँदै आएको थियो । तर द्वन्द्वका कारण नेपाली चियाको बजार भारत र खाडी मुलुकमा सीमित बन्ने भएको छ […]

रुस - युक्रेन युद्धको असर : वीरगंजका तीन भन्सार नाकाबाट हुने तेल आयात घट्ने

वीरगंज : झण्डै एक महिनादेखि चलिरहेको रुस–युक्रेन युद्धको असर नेपालको व्यापारिक नाकामा पनि देखिने भएको छ। वीरगंज भन्सार कार्यालयहरुले वैशाखपछि प्रत्यक्ष रुपमा यस्तो असर देखिने जनाएका छन्। वीरगंजमा रहेको वीरगंज भन्सारको पुरानो भन्सार नाका र आईसिपी नाका तथा वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकामा युद्धको प्रत्यक्ष असर पर्ने भन्सार अधिकारीहरुले विश्लेषण…

युक्रेन–रूस युद्धको नेपालमा असर

युक्रेन संकटको सामान्य असर नेपाली अर्थतन्त्रमा देखिइसकेको छ । यसले नेपालमा युक्रेनबाट आयात हुने औद्योगिक कच्चा पदार्थको मूल्य बढ्ने निश्चित छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले युक्रेनमा हालैका घटनाहरू ‘गम्भीर चिन्ताको विषय’ भएको बताएकी छिन्, द्वन्द्वको असरले यस क्षेत्र र विश्वभरि ‘महत्वपूर्ण आर्थिक जोखिम’ निम्त्याउने चेतावनी दिन्छ । “युक्रेनमा यस […]

युक्रेन युद्ध : इन्डोनेसियामा चाउचाउ अभाव

युद्ध प्रायः युद्धरत पक्षहरूमा मात्र सीमित रहँदैन । यसले लडाइबाट टाढा रहेका देशहरूमा विभिन्न समस्याहरू निम्त्याउँछ । युक्रेन र रुसबीचको लडाइले युरोपलाई ‘अलर्ट’ बनाएको छ । तर, तेलमा मूल्यबृद्धिको असर भने विश्वभर महशुस गरिएको छ । युक्रेन द्वन्द्वको अर्को असर युद्ध क्षेत्रबाट धेरै टाढा रहेको इन्डोनेसियामा पनि देखिएको छ । युक्रेन द्वन्द्वले इन्डोनेसियामा प्रतिष्ठित र अत्यधिक लोकप्रिय ‘इन्डोमी’ चाउचाउको अभाव देखिएको छ । युक्रेन इन्डोनेसियामा गहुँको सबैभन्दा ठूलो निर्यातकर

रुस–युक्रेन युद्धको असर नेपालमा पनि

काठमाण्डाै - रुस–युक्रेन युद्धको सिधा असर नेपालमा पनि देखिन सक्ने भएको छ । दुई देशबीचको युद्धले विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र त्यसको असर नेपालमा पनि देखिने विज्ञले बताएका छन् । रुसले युक्रेनमा आक्रमण सुरु गरेलगत्तै विश्वबजारमा आर्थिक गतिविधि प्रभावित बन्न थालिसकेको छ ।अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ आठ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । अस्ति बुधवार प्रतिब्यारेल ९४ दशमलव १२ डलर रहेको कच्चा तेलको मूल्य एक्कासी बढेर हिजो प्रतिब्यारेल एक सय ५ डलर पुग्यो । त्यस्तै सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।अमेरिकी ...

रुस–युक्रेन युद्ध – नेपालमा कस्तो असर पर्छ ?

युरोएसियाली मुलुक रुस–युक्रेन युद्धको असर नेपालसम्म पर्न थालेको छ । रुसले युक्रेनमाथि सैन्य हमला सुरु गर्नुभन्दा अघिदेखि आर्थिक क्षेत्रमा पर्न थालेको असर हमलासँगै झनै बढेको हो । रुस र युक्रेनबीच युद्धको सुरूवातसँगै नेपालमा सुन, चाँदी, खानेतल र पेट्रोलियम पदार्थको मूल्य उकालो लाग्न सुरु गरिसकेको छ ।रुस र युक्रेन आपसमा युद्ध भिडिरहँदा विश्व बजार नै त्यसको बाछिटाले ग्रस्त हुने छ । त्यससँगै नेपालको बजारसमेत यी दुई मुलुकको युद्धको चपेटाबाट बच्न नसक्ने देखिएको छ । खासगरी, नेपालले विदेशबाट आयात ग

रुस-युक्रेन युद्धको असर नेपाली भान्सासम्म

१२ फागुन, काठमाडौं । युरोपेली मुलुक युक्रेनमा रुसले बिहीबार बिहानदेखि सैन्य कारवाही सुरु गरेको छ । रुस-युक्रेन यो तनाव लम्बिए त्यसको असर नेपालको भान्सासम्म नै आइपुग्ने जाखिम छ । किनभने नेपाल र युक्रेनबीचको सीधा व्यापारिक सम्बन्ध छ । गत आर्थिक वर्षमा युक्रेन नेपाललाई सबैभन्दा धेरै वस्तु विक्री गर्ने मुलुकमा छैठौं स्थानमा थियो भने चालु आर्थिक […]