युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित नरहेको भन्दै भारतले विशेषगरी विकासोन्मुख देशहरुमा खाद्यान्न, मल र इन्धन सुरक्षालाई लिएर चिन्ता बढाएको बताएको छ । सुरक्षा परिषद्लाई आश्वस्त पार्दै संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा काम्बोजले युक्रेन द्वन्द्वका कारण उत्पन्न आर्थिक कठिनाइलाई कम गर्न भारतले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने बताए ।‘भारतले अन्तर्राष्ट्रिय समुदाय र साझेदार देशहरूसँग यस द्वन्द्वबाट उत्पन्न हुने आर्थिक कठिनाइहरू कम गर्ने कार्यलाई जारी र