माथिल्लो तामाकोशी जलविद्युतमा कर्मचारी आन्दोलित, स्थायी नगरे उत्पादन बन्द गर्ने चेतावनी

काठमाडौं। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कर्मचारीहरु आन्दोलित भएपछि व्यवस्थापनसँगको सम्बन्धमा चिसोपन बढेको छ।करारका कर्मचारीलाई स्थायी नियुक्ति नदिइ ज्यालादारीमा भर्ना प्रक्रिया अघि बढाएको भन्दै

सम्बन्धित सामग्री

पहिरोले दोलखामा २ सैनिकसहित ७ जना बेपत्ता, किर्नेटारबाट स्थानीयलाई सारियो

दोलखा । दोलखाका दुई ठूला विद्युत आयोजना माथिल्लो तामाकोशी र खिम्ती क्षेत्रमा बाढीको विपत्ति थपिएको छ । खिम्ती जलविद्युत आयोजनाको किर्नेटारमा तामाकोशीले कटान बढाएपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । त्यस्तै माथिल्लो तामोकोसी जलविद्युत केन्द्रको बाँधस्थलमा रहेको हेडवक्सको विद्युत सञ्चालन गृहलाई पहिरोले बगाउँदा ४ जना सम्पर्कविहीन बनेका छन् । तामाकोशी विद्युत केन्द्रमा कार्यरत २ कर्मचारी […]

तामाकोशी पाँचौंका लागि सञ्चय कोषसँग ऋण सम्झौता हुँदै

७ जेठ, काठमाडौं । दोलाखामा बन्न लागेको तामाकोशी–पाँचौं जलविद्युत आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने भएको छ । यसबारे आइतबार नेपाल विद्युत प्राधिकरण, तामाकोशी जलविद्युत कम्पनी लिमिटेड र कर्मचारी सञ्चय कोषबीच ऋण लगानी सम्झौता हुँदैछ । यसका लागि आइतबार साँझ ऋण लगानी सम्झौता समाहरोह हुँदैछ । यो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ‘क्यासकेड’ […]

‘चार वर्षमा लोडेसेडिङ अन्त्य’

कुनै क्षेत्रबाट अवरोध नआएमा अबको चार वर्षमा नेपाल लोडसेडिङ मुक्त भएर १७० मेगावाट विद्युत् निर्यात गर्न सकिने दाबी ऊर्जा मन्त्रालय अन्तर्गतको एक अध्ययनले गरेको छ । नेपाल विद्युत् प्राधिकरणले दैनिक लोडसेडिङको समयतालिका बढाएर १२ घण्टा पुर्‍याएलगत्तै ‘२० वर्षे जलविद्युत् योजना तर्जुमा कार्यदल’ले त्यस्तो दाबी गरेको हो । कार्यदलले यसै साता ऊर्जामन्त्री डा. प्रकाशशरण महतलाई प्रतिवेदन बुझाउँदै छ । जलस्रोतविद् किशोर थापाको नेतृत्वमा रहेको कार्यदलमा सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरू संलग्न रहेका छन् । प्रतिवेदनमा सन् २०१४ सम्ममा हाल निर्माण भइरहेका र निर्माण कार्य सुरु हुन लागेका गरी १६४५ मेगावाट आन्तरिक खपतका लागि उत्पादन हुने उल्लेख गरिएको छ । यसमा कर्मचारी सञ्चय कोष र दूरसञ्चार कम्पनीको मुख्य लगानी रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी, विद्युत् प्राधिकरणले निर्माण गर्ने १२७ मेगावाटको माथिल्लो सेती, ६१ मेगावाटको त्रिशुली ३ ए, आदि प्रमुख रहेका छन् । यी आयोजनाको निर्माणपछि हालको लोडसडिङको समस्या पूर्ण रूपमा अन्त्य हुने बताइएको छ । त्यहीकारण सोही अवधिमा निर्माण पूरा हुने १२० मेगावाटको लिखु–४ र ५० मेगावाटको बलेफीबाट उत्पादन हुने विद्युत् भने भारत निर्यात गर्न सकिने कार्यदलले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सन् २०१४ पछिका पाँच वर्ष अर्थात् सन् २०१९ सम्म ठूला आयोजनाहरूबाट मात्रै ४३३० मेगावाट विद्युत् उत्पादन हुने र त्यसमध्ये धेरैजसो निर्यात गर्न सकिने निष्कर्षसमेत सो कार्यदलले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । वर्ष ५, अंक २८, २०६६, चैत २–८

गौरीशंकर संरक्षणको पत्रले विद्युत् क्षेत्रमा नयाँ तरंग, ६३ आयोजना प्रभावित हुने

माघ २४, काठमाडौं । गौरीशंकर संरक्षित क्षेत्र आयोजना (जीक्याप) को पत्रले उक्त क्षेत्रमा निर्माणाधीन ३ ओटा जलविद्युत् आयोजनाको काम रोकिएको छ । ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनाकै अङ्ग २० मेगावाटको रोलवालिङ खोलासहित उक्त क्षेत्रमा निर्माणाधीन १६० मेगावाटको लाप्चे खोला र २१ मेगावाटको न्युसम खोला विद्युत् आयोजनाको काम रोक्न जीक्यापले पत्राचार गरिसकेको छ ।  तामाकोशीलाई हिउँदमा थप दुई घण्टा  पीकीङ गर्नको लागि रोलवालिङ आयोजना सम्पन्न हुनैपर्छ । तर आयोजनाको अडीट टेस्ट टनेल निर्माणको काम भरखरै शुरु गरेको अवस्थामा जीक्यापले पत्राचारले काम रोकिएको माथिल्लो तामाकोशी आयोजनाका प्रशासन प्रमुख मित्रमणी पोखरेलले आर्थिक अभियानलाई बताए । संरक्षण क्षेत्र आयोजनाले उसको अनुमति नलिइ विद्युतीकरण, प्रशारणलाइन लगायतका कुनै पनि निर्माण कार्य अगाडी नबढाउन निर्देशन दिएको छ । विद्युत् आयोजनाको काम भनेको २४ सै घण्टा चालू हुने काम भएकाले हरेक पटक यता उता गर्दा जीक्यापबाट अनुमति लिन सम्भव नहुने माथिल्लो तामाकोशीका उप-प्रबन्धक विमल गुरुङले बताए । तीन विद्युत् आयोजनाको काम रोकिदा हजारौ कामदार काम बिहिन भएका छन् । यसले आयोजनाको लागतमै प्रभाव पार्ने गुरुङको भनाइ छ । वातावरणीय प्रभाव मूल्याङ्कन रिपोर्ट (ईआईए) स्वीकृत गराएर काम अघि बढाउँदा पनि काम रोक्न पत्राचार गरिएकोमा आयोजनाका प्रवर्द्धकहरु निराश भएका छन् । नासा हाइड्रोपावरले प्रवर्द्धन गरिरहेको लाप्चेखोला आयोजनाले पहुँचमार्गको निर्माण नगर्दै हेलिकोप्टरमार्फत स्काभेटर र निर्माण उपकरणहरु लगेर आयोजनाको काम शुरु गरेको थियो । ८० मिटर सुरुङ खनेपछि जीक्यापले काम रोक्न पत्राचार गरेको लाप्चे खोलाको प्रवर्द्धक नासा हाइड्रोपावर कम्पनीले जानकारी दिएको छ । संरक्षण क्षेत्र आयोजनाले आफ्नो क्षेत्राधिकार भित्र भएका भौतिक निर्माणका काममा चासो राख्नु स्वभाविकै भएपनि आयोजनासँग कुनै छलफलनै नगरी एकै पटक काम रोक्न पत्राचार गर्नु निकै दुःखद भएको आयोजना स्रोतले बताएको छ । 'भरखरै सुरुङ खन्न शुरु गरेको अवस्थामा काम रोक्न निर्देशन दिएपछि पहिलो गासमै ढुंगा लागे जस्तो भएको छ ।' उनले भने । आयोजनाको कामको लागि स्काभेटर लगेर राख्दा ६ महीना सम्म अनुमति नपाएपछि उक्त निर्माण उपकरणहरु गाउँपालिकाको समन्वयमा गाउँपालिकाले बाटो खन्न प्रयोग भइरहेको छ ।  गाउँपालिकाले करिब ५ किलवमिटर बाटो खनिसकेपछि जीक्यापले उक्त कार्य पनि रोक्न निर्देशन दिएको बिगु गाउँपालिकाका अध्यक्ष युधिस्ठिर खड्काले बताए । गाउँपालिकाको ८ मध्ये ७ ओटा वडा संरक्षित क्षेत्रमै पर्ने र संरक्षित क्षेत्रका सबै नियम मान्दा गाउँको विकास कहिलेइ नहुने खड्काको दुखेसो छ । सानो विषयलाई राजनीतिकरण गरियो- जीक्याप निर्माणाधिन आयोजनालाई ईआईए/आईइई के गरेको छ त्यो संरक्षित क्षेत्रलाई जानकारी देउ भनेर पत्राचार गर्दा यसलाई राजनीतिकरण गरिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका आयोजना प्रमुख डा. मधु क्षेत्रीले बताए । 'विद्युत आयोजनाले ईआईए नगरेरै धमाधम काम गरिरहेका छन् भनेर गुनासो आएपछि हामिले पत्राचार गरेका हौ।' क्षेत्रीले भने, उहाँहरुले ईआईए गरेरै काम गरिरहेको भए कागजपत्र देखाउन के अफ्ठेरो भयो र ? संक्षित क्षेत्र भित्र वातावरणमा प्रतिकुल प्रभाव पार्ने गरि काम भएको देखेर पनि नदेखेझै गर्दा भोली आफूले जवाफ दिनुपर्ने हुँदा आयोजनालाई पत्राचार गरेको उनको भनाई छ । अनुमति लिएको कुरा कार्यालयमा जानकारी नभएकाले पत्राचार गर्दा यसलाई 'इगो'का रुपमा लिइएको उनको आरोप छ । यो राजनीतिकरण गर्नुपर्ने विषय नभएको र अनुमति लिएको कुरा कार्यालयलाई जानकारी गराएपछि सबै कुरा मिलिहाल्ने उनको भनाई छ ।  'अनुमति नलिएरै काम गर्ने हो भने पनि मन्त्रीपरिषदबाट निर्णय गराएर आउन सकिन्छ ।' उनले अगाडी भने, 'मलाई यी आयोजनालाई काम गर्न नरोक्नु भन्ने निर्देशन आउनासाथ एक मिनेट पनि काम रोक्दैन ।' विकास आयोजनाको महत्व आफूलाई पनि थाहा भएको भन्दै क्षेत्रीले भने, 'मलाई विकास विरोधी जस्तो बनाउन खोजियो, मैले त  नियम कानून अनुसार अघि बढौ मात्रै भनेको हो ।' 'ईआईए नभइ वनले पनि काम गर्न दिदैन । हाम्रो त यो अन्तर्राष्ट्रिय रुपमै स्विकारिएको संरक्षित क्षेत्र हो ।' क्षेत्रीले अगाडी भने, 'यहाँ जथाभावी काम गर्न पाइन्छ त?' आफू एउटा कर्मचारी मात्रै भएकोले नियम कानून बनाउने निकायले नै यहाँ यो काम गर्न दिनु भनेर निर्देशन दिने वित्तीकै काम शुरु हुने उनले बताए । गौरीशंकर संरक्षण क्षेत्रभित्र ६३ ओटा जलविद्युत आयोजना पाइपलाइनमा रहेका छन् । अहिले निर्माणको चरणमा गएका आयोजनालाई काम रोक्न पत्राचार गरिएको हो । अरु आयोजनाले भोलिका दिनमा काम शुरु गर्नु अघिनै जीक्यापसँग अनुमति लिनुपर्ने क्षेत्रीको भनाई छ ।

माथिल्लो तामाकोशीको विद्युत् उत्पादन बन्द गर्ने करार सेवाका कर्मचारीको चेतावनी

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका करार सेवाका कर्मचारीले आफूहरूलाई स्थायी गर्नुपर्ने माग राखे राख्दै तिहारका बेला विद्युत् उत्पादन र आपूर्तिमा नै अवरोध गर्ने चेतावनी दिएका छन् । चार सय ५६ मेगावाट क्षमताको आयोजनाको विद्युत् उत्पादन आज (बुधबार) देखि अनिश्चित कालसम्म बन्द गर्ने चेतावनी स्वतन्त्र कर्मचारी युनियनको छ। कर्मचारी थप गर्न खोजेको तर करार सेवामा […]

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ड्याममा आजबाट पानी भर्न शुरु

वैशाख ११, दोलखा । बहुचर्चित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लामावगरस्थित ड्याममा पानी भर्न शुरु गरिएको छ । आयोजनाले वैशाख ८ गतेबाट ड्याममा पानी भर्ने भनी सार्वजनिक सूचना जारी गरेतापनि शनिवार दिउँसो पौने एक बजेबाट ड्याममा पानी भर्न शुरु गरिएको हो ।ड्याम तथा डिस्यान्डर(बालुवा थिग्रयाउने पोखरी) मा पानी भरिएपछि मुख्य सुरुङमा पानी पठाई सुरुङको परीक्षण शुरु गरिने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रबक्ता डाक्टर गणेश प्रसाद न्यौपानेले अभियान दैनिकसँगको कुराकानीको क्रममा बताए । सुरुङको परीक्षण सम्पन्न गर्न करीब १० दिन जति लाग्ने आयोजनाको भनाइ छ । सुरुङको परीक्षण सफल भएपछि अन्य परीक्षणहरु सम्पन्न गरिए पश्चात आयोजना विद्युत् उत्पादनको अवस्थामा पुग्ने प्रबक्ता न्यौपानेले बताए ।   सबै परीक्षणहरु सफल भए पश्चात मात्र विद्युतको परीक्षण उत्पादनको मिति तोक्न सकिने उनको भनाइ छ । वैशाख अन्तिमसम्ममा छ ओटामध्ये एक युनिटबाट परीक्षणको रुपमा ७६ मेघावाट विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।  यसैबीच कोभिड माहामारी पूनः बढेपछि आयोजनाले आयोजना निर्माण स्थल भ्रमणमा सर्वसाधारणलाई रोक लगाएको छ । सुरक्षात्मक उपाय स्वरुप आयोजनाले सो निर्णय गरेको हो । आयोजना स्थलमा नै रहेर काम गरिरहेका मजदुर तथा कर्मचारी बाहेक विदामा रहेकाहरुले पीसीआर परीक्षण गरेर नेगटिभ रिपोर्ट आएकालाई मात्रै काममा लगाईने अयोजनाले बताएको छ । आयोजनाको प्रसारण लाईनको काम करीब सकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ । फुलासी सबस्टेशनको सिभिल संरचनाको काम समाप्त भइ उपकरण जडानको काम भइरहेको छ ।  यस्तै दोलखाको शहरेमा रहेको मल्टिसर्किट टावरको निर्माण शुरु भएको बताइएको छ । सिँगटी निकट भाँचिएको प्रसारण लाईनको टावरको जग निर्माणको काम सम्पन्न भई टावर  निर्माणको काम भइरहेको आयोजनाले बताएको छ । फुलासी सबस्टेशनमा उपकरण जडान कार्य कारणबस सम्पन्न नभए पनि आयोजनाबाट उत्पादीत विद्युत् खेर नजाने आयोजनाको दावी छ । यदि यस्तो परिस्थितिआएमा खिम्ती–काठमाडौं अथवा खिम्ती–ढल्केवार प्रसारण लाईनबाट पनि विद्युत् पठाउन सकिने  आयोजनाका प्रबक्ता न्यौपानेले बताए । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लामावगरस्थित ड्याममा रोलवालिङ खोलाको पानी मिसाउनको लागि आवश्यक संरचना बनाउन टेन्डर प्रक्रिया शुरु भएको आयोजनाको भनाइ छ । आयोजनाका छ ओटै युनिट पूर्ण क्षमतामा संचालनमा आउँदा ४५६ मेगावाट विद्युत उत्पाद हुने छ ।

कोभिडले दक्ष प्राविधिक आउन नपाएपछि भिडियो निर्देशनबाटै माथिल्लो तामाकोशीको काम

काठमाडौं। माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा काम गर्ने दक्ष प्राविधिक कर्मचारी आउन नपाएपछि भिडियो निर्देशनबाटै काम सुरु गरिएको छ। आयोजनाको

यी हुन् बुढीगण्डकीमा लगानी गर्ने स्वदेशी संस्था

समितिले पहिचान गरेका लगानी गर्ने संस्था र निकायहरुमा नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण, सम्झौतित बचत गर्ने संस्थाहरु (कर्मचारी संचय कोष, नागरिक लगानी कोष, राष्ट्रिय विमा संस्थान, बीमा कम्पनीहरु) लगायत जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाल टेलिकम, माथिल्लो तामाकोशी जलविद्युत कम्पनी, चिलिमे जलविद्युत कम्पनी, सेना र प्रहरीका कल्याणकारी कोषहरु रहेका छन् । यसैगरी सर्वसाधारण र गैर–बैंकिङ वित्तिय संस्थाहरुको समेत लगानी रहन सक्ने समितिको सुझाव छ ।