एमसीसी संसदमा पेश गर्ने कांग्रेसको निर्णय, भोलि पेश गर्न प्रधानमन्त्रीको सभामुखलाई फोन

नेपाली कांग्रेसले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसी संसदबाट पारित गर्ने निष्कर्ष निकालेको हो ।

सम्बन्धित सामग्री

एमसीसी संसदमा पेश हुनु जनता र संसदको अपमान हुनु हाे: भीम रावल

नेकपा (एमाले) का सांसद भीम रावलले एमसीसी सम्झौता संसदमा पेश हुनु नेपाली जनता र संसदको अपमान भएको बताएका छन्। प्रतिपक्ष दलले संसद अवरोध गरिरहेको र सत्तारुढ दलहरुकाबीचमा समेत सहमती नजुटेको अवस्थामा पेश हुनु आपत्तिजनक भएको उनले उल्लेख गरे।...

नाराबाजी र होहल्लाका बीच संसदमा पेश भयो एमसीसी

आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता पेश भएको छ। नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) आज संसदमा पेश भएको हो।अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । सम्झौता पेश गर्दै उनले यस सम्झौत्ता कार्यन्वयनमा गएपछि हुने फाइदा र यस आयोजना संसदबाट अनुमोदन गर्नु पर्ने कारणबारे प्रष्ट पारेका थिए।एमसीसी पेश गर्ने क्रममा सत्तारुढ दल कै केहि सांसदले समेत उठेर बिरोध गरेका थिए । त्यस्तै एमालेले आजको बैठकमा पनि विरोध जारि राखेको छ । आज बिहान मात्र अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न सत्ता गठबन्धनभित्र सहमति जुटेको हो । आइतबार बिहान बसेको गठबन्धनका शीर्ष नेताको बैठकले एमसीसी संसदमा टेबल गर्ने विषयमा सत्ता सहमति गरेको हो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो । संसदको अर्को बैठक फागुन १२ गते बिहिबार बस्ने छ।

एमसीसी संसदमा पेश गर्न गठबन्धन सहमति

अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्ने विषयमा सत्तारुढ गठबन्धनमा सहमति भएको छ।

संसदमा एमसीसी पेश गर्ने सत्ता गठबन्धनको सहमति

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो । एमसीसी परियोजना स्वीकृत गर्न अमेरिकाले नेपाललाई फागुन १६ गतेसम्मको समय दिएको छ ।

एमसीसीको विपक्षमा माओवादी केन्द्र : संसदमा पेश भए सरकारबाट बाहिरिने चेतावनी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले यथास्थितिमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गरे सरकारबाट बाहिरिने चेतावनी दिएको छ। आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रतिनिधिसभा बैठकमा एमसीसी पेश गरे माओवादीले विपक्षमा मतदान गर्ने निर्णय भएको एक नेताले बताए। आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने तयारी…

एमसीसी संसदमा पेश गर्ने सरकारको तयारीबारे सभामुखलाई जानकारी

काठमाडौं, २३ माघ । सभामुख अग्निप्रसाद सापकोटालाई कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भेटी एमसीसी प्रतिनिधि सभाको बैठकमा पेश गर्ने तयारीबारे जानकारी गराएका छन् । उनले आज सभामुखलाई सिंहदरबारस्थित कार्यकक्षमा भेटी त्यसबारे जानकारी गराएका हुन् । बडूले एमसीसी प्रतिनिधिसभाको आगामी बैठकमा पेश गर्ने तयारीबारे भनेका थिए । उनले त्यसका लागि प्रक्रिया मिलाउन भनेका थिए । सभामुख सापकोटाले भने […]

एमसीसी सम्झौता संसदमा पेश गर्न भीम रावलको माग

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन(एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेश गर्न माग गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै रावलले एमसीसी सम्झौता संसदबाट अनुमोदन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायतका काम कसरी शुरु भयो भनी प्रश्न गरे। सम्झौतामा स्वाधीनता, राष्ट्रिय हित र स्वतन्त्र परराष्ट्र नीति विपरीतका प्रावधानहरु रहेकाले जस्ताकात्यस्तै पारित गरिए राष्ट्रघात हुने उपाध्यक्ष रावलले दावी गरे।

एमसीसीको प्रस्ताव संसदमा पेश गर्न देउवालाई गोकुल बाँस्कोटाको चुनौती

काठमाडौं, १३ साउन । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदमा पेश गर्न चुनौती दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी छिटो संसदमा पेश गर्न चुनौती दिएका हुन् । देउवाले विगतमा एमसीसी छिटो ल्याउन भन्दै वेल घेर्न लगाएको ट्वीटमा उल्लेख गर्दै भने,‘ओली हुँदा त छिटो ल्याउ भनेर वेल […]