उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभावमा मुलुकले विकासको गति लिन नसकेको बताउनुभएको छ । महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित आधारशिला परिवारको २१औँ वार्षिकोत्सव समारोहको बिहीबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्ध सरकार निर्मम तरिकाले प्रस्तुत भएको बताउनुभयो । “मुलुकको विकासको मुख्य बाधक भनेकै भ्रष्टाचार र कुशासनको जालो हो, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “यसविरुद्ध सरकारले काम थालेपछि जालीहरुका आँगनमा कोकोहोलो …